site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एमबाप्पे भन्छन्– रोनाल्डोविरुद्ध खेल्न पाउनु सम्मानको कुरा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्न पाउनु सम्मानको कुरा भएको बताएका छन् ।

फ्रान्सले शुक्रबार युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा रोनाल्डोको टिम पोर्चुगलविरुद्ध खेल्ने तालिका छ । २५ वर्षीय एम्बाप्पेले आगामी सिजनका लागि रियाल मड्रिडसँग सम्झौता गरेका थिए । रियाल मड्रिड त्यही क्लब हो, जहाँ रोनाल्डोले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

Agni Group
NIC Asia

“रोनाल्डोप्रति सदैव रहेको मेरो प्रशंसा छ । समय बित्दै जाँदा मैले उनलाई बुझ्न र कुरा गर्न पाए । हामी अझै पनि नजिक छौँ,” एमबाप्पेले भने, “रोनाल्डो सधैँ मलाई सल्लाह दिन चाहन्छन् । फुटबलमा उनले जे–जति गरेका छन्, त्यसआधारमा रोनाल्डोसँग खेल्न पाउनु सम्मानको कुरा हो ।”

फ्रान्स र पोर्चुगलबीचको खेल जर्मनीको हमबर्गमा आज राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu