site stats
बाह्रखरी :: Baahrakhari
देश
बसुन्धाराबाट एक केजी सुनसहित भारतीय नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंस्थित बसुन्धाराबाट एक केजी सुनसहित एकजना पक्राउ परेका छन् ।

शुक्रबार ललितपुर प्रहरीले भारतीय नागरिक विजय सम्पत खिलारीलाई एक केजी सुनसहित पक्राउ गरेको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि बिहीबार प्रहरीले शंकास्पद गतिविधि गरेको आरोपमा ललितपुरबाट पाँच जनालाई पक्राउ गरेको थियो । आज पक्राउ परेका खिलारी यसमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको एक निर्माणाधीन घरको तेस्रो तलामा शंकास्पद कारोबार भइरहेको सूचना आएको थियो । त्यसपछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा खानतलासी गरेको थियो ।

त्यसक्रममा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु १६९.९७० ग्राम, चाँदीजस्तो देखिने धातु २४७.२५० ग्राम, डिजिटल तराजु थान एक थान, विभिन्न कम्पनीका मोबाइल सात थान, हार्ड डिस्क एक थान, सिमकार्ड, चेकबुक तथा बैंकमा नगद जम्मा गरेको भौचर बरामद गरेको थियो ।

यसैगरी, ५० लाख चार हजार रुपैयाँ र सुन पगाल्ने मेसिन पनि बरामद गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्