site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय लोकसभामा राहुलले पढाएको पाठ, सत्ता र सभामुखलाई कसरी राख्दैछन् दबाबमा ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालमा दुई ठूला दलहरु मिलेर सरकार गठनको जोहो भइरहेका बेलामा विपक्षी दल कमजोर हुने अवस्था उत्पन्न भएको छ ।  लोकतन्त्रमा विपक्षी कमजोर हुनुलाई त्यति राम्रो मानिँदैन ।  किनकि सत्ताले जनताका आवाजलाई कुल्चिने डर हुन्छ । 

तर छिमेकी भारतमा लोकतन्त्रको अवस्था नाजुक भएको करिब एक दशकपछि अहिले त्यहाँ लोकतन्त्र फस्टाएको महसुस गर्न थालिएको छ ।  खासगरी पछिल्लो अठारौं लोकसभाले विपक्षीलाई पनि त्यहाँ बलियो ढंगले उभ्याएको छ । 

त्यहाँ विपक्षी नेता राहुल गान्धीले सोमबार करिब डेढ घण्टाको आफ्नो मन्तव्यमा सत्तापक्षलाई आच्छु आच्छु पारेको देखेर लोकतन्त्रवादीलाई निकै आशा जगाएको छ ।  भारतको लोेकसभाको सोमबारको बैठकमा विपक्षी नेता गान्धीले शिवजीको तस्बिर देखाउँदै बोलेको विषयले त्यहाँ हंगामा मच्चियो ।

Agni Group
NIC Asia

राष्ट्रपति द्रौपदी मुर्मूले हालै संसदमा सम्बोधन गरेकोमा त्यसको धन्यवाद प्रस्तावका क्रममा बोलेका राहुलले शिवजीको तस्बिर देखाउँदै भनेका थिए, “शिवजी भन्छन् नडराऊ । अरुलाई पनि डर नदेखाऊ ।  अभय मुद्रा देखाउँछन् । अहिंसाको कुरा गर्छन् । तर, जो मानिस आफूलाई हिन्दू भन्छन् उनीहरु चौबीसै घण्टा घृणा, हिंसा र झूठ फैलाउँछन् ।”

राहुल खासगरी हिन्दुवादी सत्तारुढ पार्टी भाजपामाथि प्रहार गरिरहेका थिए । राहुलको यो मन्तव्यलाई बीचमा रोक्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “यिनले ठूलो आरोप लगाइरहेका छन् । नेता प्रतिपक्ष हिन्दु समुदायको हिंस्रक भनिरहेका छन् ।”

Global Ime bank

प्रधानमन्त्री सोमबार राहुल बोल्दै गर्दा दुईपटक उठेका थिए, विगतमा त्यो दृश्य बिरलै देखिन्थ्यो । यसको जवाफमा राहुलले तुरुन्तै भने, “केवल नरेन्द्र मोदी, भाजपा र आरएसएस मात्र हिन्दु समाज होइनन् । हामी सबै हिन्दु हौं ।”

भाजपाका सांसदले राहुलको मन्तव्यको बीच बीचमा कैयौं पटक आपत्ति जनाएका थिए ।  त्यसमा प्रधानमन्त्री मोदीदेखि गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहसम्म थिए । उनीहरुले पनि राहुललाई आफ्नो भनाईलाई लिएर सदनमा माफ माग्न आग्रह गरेका थिए ।

राहुलले आफ्नो मन्तव्यमा धर्म, महंगी, अग्नीबीर योजना, किसानका मुद्दालगायतका विषय जोडदार रुपमा उठाएका थिए । बितेका दुई चुनावमा कांग्रेससँग संसदको १० प्रतिशत सिट अर्थात् ५४ सिट पनि थिएनन् । 
यस्तो अवस्थामा कांग्रेसले संसदमा विपक्षको नेता दाबी गर्न पाएन । 

२०१४मा कांग्रेसको साथ ४४ सिट थियो भने सन् २०१९मा ५२ सिट थियो । यसपालि कांग्रेसको साथ ९९ सिट छ ।  सोमबार लोकसभामा विपक्षी नेता राहुल गान्धीले बोलेको पहिलो महत्वपूर्ण भाषण थियो ।  यसको केही भाग लोकसभाको रेकर्डबाट हटाइएको छ । 

आफ्नो भाषणको हिस्सा हटाइएकोमा राहुलले मोदीको दुनियाबाट सत्य हटाउन सकिएला, तर, वास्तविकतामा सत्यलाई हटाउन सकिँदैन भन्दै मंगलबार व्यंग्य गरे । ‘जे मलाई भन्नु थियो त्यो भनिदिए । जति हटाउनु पर्छ हटाउनुस् । जुन सत्य हो त्यो सत्य नै रहन्छ ’उनको भनाई थियो ।  

लोकसभामा राहुलको सोमबारको चर्चा मंगलबार पनि कायम रह्यो ।  लोकसभाका सभामुख र गान्धीको एउटा संवाद पनि निकै रमाइलो थियो । उनले एउटा प्रसंगमा त्यहाँका पाका भनिने नेताहरुलाई समेत लोकतन्त्रको पाठ पढाएका छन् । 

हालै लोकसभाको सत्र सुरु भएपछि सभामुखको निर्वाचन भएको थियो । सभामुख पदमा भाजपाका नेता ओम बिरला निर्वाचित भएका थिए ।  सभामुख चुनावपछि मोदी र राहुल बिरलालाई पुर्‍याउन  उनको आसनसम्म पुगेका थिए ।  

त्यहाँ बिरलाको अभिवादन अलि अनौठो थियो । मोदीसँग पुरै झुकेका थिए भने गान्धीसँग ठाडो भएर नै कुरा गरेका थिए । त्यसबारे राहुलले पछि टिप्पणी गरे र पाका नेतालाई संसदीय लोकतन्त्रको पाठ पनि पढाए । 

राहुलले सो प्रसंग जोड्दै भने, “स्पिकर सर, तपाईंको कुर्सीमा दुई व्यक्ति बसेका छन्  ।  एक लोकसभाका स्पिकर जो भारतीय संघका स्पिकर हुन् । दोस्रो ओम बिरला छन् । जब मोदीजी गए र तपाइसँग हात मिलाए । अनि मैले हात मिलाएँ । मैले एक कुरालाई बढी ध्यानमा राखेँ ।”

राहुल भन्दै गए, “जब मैले हात मिलाएँ, तपाईं सिधा उभिनुभयो । जब मोदीजीले हात मिलाउनु भयो । तपाईं झुक्नुभयो र उहाँसँग हात मिलाउनु भयो ।”

राहुल गान्धीले बोल्दै गर्दा अमित शाह आफ्नो सिटबाट उठेर बोले आसनमाथि आरोप लगाइयो भन्दै टिप्पणी गरेका थिए । 
एनडीएका सांसदले पनि सो भनाईको विरोध गरे । 

अन्ततः यसको जवाफ ओम बिरलाले यसरी दिनुपर्‍यो, “माननीय प्रतिपक्षका नेता, माननीय प्रधानमन्त्री सदनका नेता हुन् । मलाई मेरो संस्कृति, संस्कारले भन्छ, निजी जीवनमा पनि सार्वजनिक जीवनमा पनि र यो आसनमा पनि । जो मभन्दा ठूला हुन् उनको झुकेर नमस्कार गर्नुपर्छ । मलाई सिकाइएको छ । बराबरवालासँग बराबरको व्यवहार गर्नुपर्छ ।”

बिरलाले थपे, “म यो कुरा आसनबाट बताइरहेको छु । मेरो संस्कृति र संस्कार यही हो । बडासँग झुकेर आवश्यक परेमा गोडामा छोएर सम्मान गर्ने । जो उमेरभन्दा साना छन् उनीहरुसँग बराबरको व्यवहार गर्ने । यो हाम्रो संस्कृति र संस्कार हो । म यसको पालना गर्दछु ।”

यसपछि राहुल फेरि उभिएर बोले, “स्पिकर सर, तपाईंको कुरालाई म सम्मानपूर्वक स्वीकार गर्दछु । यद्यपि तपाईंलाई भन्न चाहन्छु कि यो सदनमा स्पिकरभन्दा ठूलो कोही हुँदैन । स्पिकर हामी सबैभन्दा ठूला हुन् । हामी सबैले स्पिकरको सामु झुक्नु आवश्यक छ ।”

बिरलाको सामुन्ने हात जोडेर झुक्दै गान्धीले फेरि थपे , “म तपाईंको सामुन्ने झुक्नेछु । साराका सारा विपक्ष तपाईंको साथ झुक्नेछ । यो लोकतन्त्र हो र तपाईं यो सदनको नेता । तपाईं कसैको सामुन्ने झुक्नु आवश्यक छैन । तपाईं कस्टोडियन(रखवाले) हो ।” 

एनडीएका नेताले त्यसमा प्रतिवाद गर्दै प्रधानमन्त्री सदनको नेता हुने बताए ।

राहुलले फेरि भने, “लोकसभामा स्पिकरको भनाई नै मान्य हुन्छ । लोकसभा सांसद हुनुको नाताले म स्पिकरको अधिनमा छु । म यस्तो मान्दछु । हुन सक्छ यो सदनमा अरु कोही हुन सक्छ जसले यस्तो मान्दैन । तर, म र विपक्षी यो मान्छौं कि हामी तपाईंको अधिनमा छौँ ।” 

विभिन्न एजेन्सीको सहयोगमा 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu