site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माट्रिका आइ सेन्टरमा ४० वर्षमाथिका नागरिकको उपचारका लागि विशेष पद्धति सुरू
SkywellSkywell

काठमाडौं । माट्रिका आइ सेन्टरले ४० वर्षमाथिका नागरिकको आँखाको उपचारका निम्ति ‘प्रेस बाइ म्याक्स’ उपचार पद्धति सुरु गरेको छ । सो उमेरसमूहका व्यक्तिमा हुने दुष्टिदोषको समस्याका निम्ति प्रेस बाइ म्याक्स प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरिएको सेन्टरले जनाएको छ । 

matrikat-1732766692.JPG
 

वरिष्ठ रेफ्रियाक्टिभ सर्जनहरुको टोलीले सेन्टरमा एक महिनाअघिबाट यो सेवा सुरु गरेको हो ।  ४० वर्षभन्दा माथि उमेरका व्यक्तिले  यो शल्यक्रियापछि स्पष्ट आँखा देख्नसक्ने सेन्टरका रिफ्राक्टिभ सर्जन डा.शाश्वत ढुंगेलको भनाइ छ । 

KFC Island Ad
NIC Asia

प्रेस बाइ म्याक्स प्रविधि विश्वमै दृष्टिको उपचारका निम्ति नयाँ प्रविधी भएको र नेपालमा नेपालमा पहिलोपटक सेन्टरले भित्र्याएको उनको दाबी छ । 

matrika-1732766691.JPG
 

Royal Enfield Island Ad

के हो त प्रेस बाइ म्याक्स प्रविधि ? कति खर्चिलो ?

प्रेस बाइ म्याक्स प्रविधि रिफ्राक्टिभ लेजर सर्जरीभित्रको एउटा उपचार विधी हो । डा. ढुंगेलका अनुसार यसले ४० वर्ष उमेर पार गरेका मानिसको दृष्टिमा भएको कुनै पनि प्रकारको समस्या समाधान गर्नसक्छ । 

matrika1-1732766691.JPG
 

उनका अनुसार यो विधिबाट डेस्कटप कम्प्युटर, टेलिभिजन र वरिपरिका दृश्यहरु अर्थात् इन्टरमिडिएट भिजन देख्न गाह्रो हुने बिरामीको पनि उपचार गर्न सकिन्छ । सेन्टरमा दुवै आँखाको यो विधीबाट लेजर सर्जरी गर्दा  ९५ हजार रुपैयाँ खर्च लाग्छ । 

आँखामा कुनै पनि प्रकारका कडा रोग नभएका बिरामीको प्रेस बाइ म्याक्स गर्न मिल्ने डा. ढुंगेल बताउँछन्  । उनका अनुसार मोतिबिन्दूका विभिन्न चरणमा पुगेका र जलबिन्दू तथा रेटिनाको कडा रोग भएका बिरामीमा प्रेस बाइ म्याक्समार्फत् शल्यक्रिया गर्न मिल्दैन ।  

matrika4-1732766691.JPG
 

त्यस्तै, आँखाको नानी ज्यादै पातलो भएमा, कमजोर भएमा पनि यो विधी अपनाउन मिल्दैन ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro