site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा ‘कथित बाबा’को चरणको धूलो टिप्ने क्रममा मच्चिएको थियो भागदौड
Siddhartha BankSiddhartha Bank

पटना । भारतको उत्तर प्रदेशको हाथरसमा एक सत्संगको क्रममा ११६ जना मानिसको मृत्यु हुने गरी मच्चिएको भागदौडको कारण कथित बाबाको चरणको धूलो लिने क्रममा भएको बीबीसी हिन्दीले जनाएको छ । 

स्थानीय प्रहरी निरीक्षक सालभ माथुरले सो मृत्यु संख्याको बारेमा जानकारी गराएका हुन् ।  कार्यक्रममा धेरैजसो महिला र केटाकेटी रहेका थिए । 

प्रत्यक्षदर्शी र भक्तजनका अनुसार बाबाको चरणको धूलो लिने क्रममा भागदौड मच्चिदा निहुरेर धुलो लिनेक्रममा जो लडे उनीहरु  उठ्नै नसकेको जनाइएको छ ।  सो कार्यक्रममा ८० हजार मानिस उपस्थित हुने भनिएकोमा त्यो भन्दा बढी उपस्थित भएको जनाइएको छ । 

Agni Group
NIC Asia

सो क्षेत्रमा धेरैजसो गरिबीमा रहेका मानिसहरु रहेको बताइएको छ ।  कतिपयले घटनापछि पनि बाबाले जे भन्यो त्यो पुग्ने गरेको र आफूहरुको हित हुने गरेको बताएको समाचारमा जनाइएको छ । 

बाबाको नाम नारायण साकार विश्व हरि उर्फ भोले बाबा भएको जनाइएको छ ।  गएराति सम्म थुप्रै मानिस हराइरहेको र आफन्तहरु त्यहाँ गएका आफ्ना मान्छे खोज्न भौंतारिएको जनाइएको छ । 

Global Ime bank

हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रमका क्रममा भएको भागदौडका कारण सो संख्यामा मानिसको मृत्यु भएको जनाइएको छ ।  मृतकमा पुरुष, महिला र बालबालिका समेत छन् ।

को हुन् बाबा ?

त्यत्रो घटना हुँदा पनि कार्यक्रम आयोजकका तर्फबाट भने अझै औपचारिक भनाइ नआएको जनाइएको छ । इकोनोमिक टाइम्सका अनुसार उनी उत्तर प्रदेशको इताह जिल्लाका मानिस हुन् ।  उनी यस्तो कार्यमा लाग्नु अघि उत्तर प्रदेश प्रहरीको गुप्तचर विभागमा लामो समय काम गरेका थिए । 

उनको पहिलाको नाम सुरजपाल भएकोमा अध्यात्मतिर लागेपछि आफ्नो नाम बदलेर नारायण साकार राखेका हुन् ।  उनी अध्यात्मतिर लागेपछि सधैं सेतो सुटमा देखिने गरेका थिए । कतिपय समयमा भने कुर्ता पाइजामामा पनि देखिन्थे । उनले स्वयम् ब्रम्हा, विष्णु र शंकरले पनि आफूलाई गुरु मान्ने सम्मको दाबी गर्ने गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu