site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टीयू बीबीए कप फुटबल बिहीबारदेखि, उद्घाटन खेलमा शंकरदेव र केसीएमआईटी भिड्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । टीयू बीबीए कप फुटबल प्रतियोगिताको १६औँ संस्करण बिहीबारदेखि सुरु हुने भएको छ । उद्घाटन खेलमा साविक विजेता तथा आयोजक शंकरदेव क्याम्पस र केसीएमआईटी कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), शंकरदेव क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

Agni Group
NIC Asia

चन्द एन्ड ब्रदर्स प्रा.लिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता काठमाडौंको सानो गौचरण खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यापार प्रशासनमा स्नातक गरिरहेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी २६ टोलीलाई दुई पोलमा विभाजन गरिएको छ । 

Global Ime bank

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, हरेक खेलका 'म्यान अफ द म्याच'लाई ट्रफी प्रदान गरिनेछ । 

यसैगरी, आयोजकले सर्वोत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरेको बताएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस, धरानले आयोजना गरेको १५औँ संस्करणमा शंकरदेवले फाइनलमा काठमाडौंकै एनसिसीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो । त्यसैले प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी शंकरदेवले प्राप्त गरेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा शंकरदेव स्ववियु सभापति सुशान्त बस्नेत, क्याम्पस विद्यार्थी कल्याणकारी कोषका अध्यक्ष जोगिन्दर गोयत, बीबीए निर्देशक ऋषिराम पन्त, अखिल नेपाल फुटबल संघ(एन्फा)का केन्द्रीय सदस्य रविन्द्र चन्दलगायतको उपस्थिति थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu