राजनीति

धरान (सुनसरी) । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब गठन हुने सरकार जनताको हितमा काम गरेर उदाहरणीय बन्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस इटहरीको दोस्रो नगर सम्मेलनको आज उद्घाटन गर्दै थापाले वर्तमान सरकार स्पष्ट अल्पमतमा पर्दासमेत प्रधानमन्त्रीले राजीनामा दिन आलटाल गरेको बताए ।
उनले अबको सरकार नदेखिने/नसुनिने तर आफ्नो प्रशंसा आफैँले गर्ने नभई आमनागरिकले सरकार परिवर्तनपछि राम्रो काम भएको महसुस गराउने किसिमको बन्नुपर्ने धारणा राखे । रासस
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ २३:१९
प्रतिक्रिया दिनुहोस्