site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हिजो डोजर चलाएँ, आज अख्तियारको पत्र पाएँ : चिरिबाबु 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हिजोमात्रै आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्यको घरको कम्पाउन्डमा डोजर चलाएको २४ घण्टा बित्न नपाउँदै बयान पत्र प्राप्त गरेको बताएका छन् ।

उनले बाह्रखरीसँग कुरा गर्दै अख्तियारको पत्र प्राप्त गरेको बताए । अमात्यले सम्पदाको जग्गा मिचेर घरको कम्पाउन्ड र ढोका बनाएको पाइएपछि ललितपुर महानगरले पटक–पटक खाली गरिदिन अनुरोध गरेको थियो । 

स्थानीय गुठीयारहरु पटक–पटक महानगर पुगेर खाली गरिदिन अनुरोध गरेका थिए । त्यसपछि महानगरले आयुक्तका श्रीमान् डा. दिवस अमात्यसँग पनि बसेर कुराकानी गरेको थियो ।

Agni Group
NIC Asia

तर उनले नमानेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

आयुक्त अमात्यले २०७८ सालमा ६ करोड खर्च गरेर घर खरिद गरेकी थिइन् । त्यसपछि कम्पाउन्ड बनाउने क्रममा महानगरबाट स्वीकृति लिइएको थिएन ।

Global Ime bank

कम्माउन्डभित्रै सम्पदाको जग्गा परेपछि विवाद भएको थियो । ललितपुर महानगरले भत्काइदिने चेतावनी दिएपछि अख्तियारबाट पत्र काट्ने चेतावनी आएको स्रोतले जानकारी दियो ।

“म एक प्रजातन्त्रवादी नेता हुँ, मैले राज्यका संवैधानिक निकायको सम्मान गर्छु, हिजो डोजर चलाएँ, २४ घण्टा नबित्दै आज अख्तियारको पत्र पाएँ,” उनले भने,  “पत्रअनुसारको मिति र समयमा म अख्तियारमा उपस्थित भएर संवैधानिक निकायको सम्मान गर्छु । तर अख्तियारले आफ्नो दायित्व भुल्नेछैन भन्नेमा म विश्वस्त छु ।”

आफूलाई धापाखेलका बाढी पीडितलाई किन राहत दिएको ? र सचिवालयमा किन दुई जनालाई नियुक्ति दिएको भन्दै पत्र काटिएको उनले बताए ।

त्यसबाहेक पनि एसईईमा बढी अंक ल्याउनेलाई किन पुरस्कार दिएको भन्दै आफूलाई पत्र काटिएको जानकारी दिए ।

“मलाई यही महिनाको २६ र २८ गते दुई दिन अख्तियारमा उपस्थित हुन भनिएको छ,” महर्जनले बाह्रखरीसँग कुरा गर्दै भने, “यसलाई प्रतिशोध भनौँ कि काकताली ? हिजो काम गरेँ, पत्र आज आइपुग्यो । यसरी हेर्दा प्रतिशोध भन्न मिल्छ तर एउटा पत्रको मिति अगाडिको राखिएको छ । अर्को एउटा पत्रको मिति हिजो नै राखिएको छ ।”

आयोगकै आयुक्त डा. सुमित्रा अमात्यले देवस्थलको जग्गा मिचेर पर्खाल लगाएपछि त्यसलाई भत्काएसँगै पत्र काटेको हुन सक्ने महानगरकै अर्का एक कर्मचारीको आरोप छ ।

अख्तियारमा स्थानीय तह हेर्ने जिम्मेवारी उनै आयुक्त अमात्यले पाएकी छन् । अमात्यले ‘स्वार्थ बाझिने’ विषयमा  संवैधानिक अंगको शक्ति दुरुपयोग गरी दुःख दिएको आरोप महानगरपालिकाका अधिकारीहरुको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu