site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुकुल ढकालको प्रतिवेदन– गगनको सहयोगले रास्वपाले दुई सिट बढाएको हो 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पनि विवादमा तानेका छन् । 

ढकालले कांग्रेस महामन्त्री गगन थापा लडेको काठमाडौं–४ मा पार्टीले जित्ने रिपोर्ट हुँदाहुँदै उनलाई छोडेर गल्ती भएको प्रतिवेदनमा लेखेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मंसिरको चुनावका बेला गगन थापाविरूद्ध सशक्त उमेदवार उठाइ उनको राजनीतिलाई त्यहीं बिराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौं, त्यसले आज हामीलाई चोट पुर्‍याएको छ,” ढकालले लेखेका छन्, “हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो ।” 

उनले नतिजाले आफूहरुले काठमाडौं–४ पनि जित्ने देखाएको भन्दै गगनसँगको सहकार्यले तात्कालिक दुवै फाइदा नभएको उल्लेख गरेका छन् ।  तर कुन कुन क्षेत्र चाहिँ खुलाएका छैनन् ।

gaganthapa-1720100752.JPG
 

दुई सिट फाइदा भएको भनेर प्रतिवेदनमै लेखेका उनले अहिलेको सम्बन्धलाई लिएर तत्कालीन र दीर्घकालीन दुवै फाइदा नभएको उल्लेख गरेका छन् ।  “गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नुपर्ने हुन्छ,” ढकालले प्रतिवेदनको ११औं बुँदाको एउटा अनुच्छेदमा लेखेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्