site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुकुलको आरोप– सभापतिभन्दा नरेन्द्र मोदी भेट्न सजिलो छ, ग्यालेक्सीको टिम किन बढी  

काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले विभिन्न ३९ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाले सार्वजनिक गरेको प्रतिवेदनमा मुकुल ढकालले सभापति लामिछानेमाथि आक्रोश व्यक्त गर्दै प्रश्न गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ढकालले आफ्ना सभापतिलाई भन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो भएको टिप्पणी गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, “चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सीके राउतजस्तो ब्याकमा किन नबसेको ?”

त्यसैगरी उनले अर्को प्रश्न गरेका छन्, “किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो  ? सरकारमा गएपछि सोचेअनुरुप फाइल किन खोलिएन ?”
उनले निर्मला पन्तलाई न्याय कहिले मिल्छ भन्दै अर्को प्रश्न पनि सभापतिमाथि नै गरेका छन् । 

उनले लगाएको आरोप यस्ता छन् ।


rabi-1720089644.JPG
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्