site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली खेलकुदको इतिहासमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धान
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अवधारणा अनुरूप अन्य मुलकुमा झैँ नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपालमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको सुरुआत गरिएको हो ।

Agni Group
NIC Asia

विभिन्न जातजाति र भौगोलिक अवस्था अनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेर समूहका युवाहरूको शारीरिक बनोटको पहिचान गरी उनीहरूलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको हो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशको विभिन्न जिल्लामा अनुसन्धान गरिएको थियो । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक कृष्ण तिमिल्सिना, खेल विज्ञ कुमारी हिरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानीयसँग समन्वय गरी अनुसन्धान गरेको हो ।

Global Ime bank

सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बाग्लुङ, मधेसको धनुषा र सिरहा, कोसीको सुनसरी र सोलुखुम्बु तथा वाग्मतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानमा थारू, मगर, ब्राह्मण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेरसमूहका ८५० बालबालिका समावेश  थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu