site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीसँग बोल्नै मान्दैनन् बेचन झा ! मोबाइल ल्याब परीक्षण गर्न पठाइयो 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्र्वगृहमन्त्री रामबहादुर थापाका फरार छोरा प्रतीक थापा र बेचन झा शुक्रबार एकसाथ पक्राउ परे । उनीहरू एकै ठाउँबाट पक्राउ परेका होइनन् । तर, संयोग उनीहरू एकसाथ पक्राउ गर्न प्रहरी सफल भयो ।

प्रहरीले थापालाई कपनबाट पक्राउ गरेको हो । झालाई भने प्रहरीको विशेष ब्युरोको टोलीले भारतबाटै पक्राउ गरी नेपाल ल्याएको प्र्रहरी उच्च स्रोतले बाह्रखरीलाई बतायो । थापालाई जिल्ला अदालत काठमाडौंले बुधबार पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश गरेको छ ।

झाविरुद्ध भने जिल्ला प्रहरी परिसर काठमाडौंले किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा थुनामा राखेर अनुसन्धान गर्न पहिलो पटक सात दिनको अनुमति पाएको थियो ।
 
दोस्रो पटक म्याद थपका लागि बिहीबार अदालत उपस्थित गराइने काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा सबैभन्दा महत्वका साथ खोजिएका आरोपी हुन्, झा ।

Agni Group
NIC Asia

तर, उनी पक्राउ गर्न प्रहरीलाई एक वर्षभन्दा बढी समय लाग्यो ।  २०७९ चैतदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे नै पक्राउ परेका थिए । जिल्ला अदालतले पक्राउ परेकामध्ये अधिकांशलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । गएको मंसिरमा उच्च अदालत पाटनले भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

Global Ime bank

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका, उनकै स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, हरिभक्त महर्जन र रामशरण केसीलाई थुनामुक्त गर्ने आदेश गरेको थियो ।

टोपबहादुर रायमाझीसहित नक्कली भुटानी प्रकरणका मुख्यआरोपी दाङका सन्देश शर्मा र सुनसरीका केशव दुलालसहितका १० आरोपी सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा विज्ञ डा. इन्द्रजित राई, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी र पूर्वसांसद आङटावा शेर्पा भने पुर्पक्षका लागि थुनामै छन् ।

के थियो बेचन झाको कनेक्सन ?

अनुसन्धानका खटिएका प्रहरीका अनुसार, बेचन झाको सम्पर्क राजनीतिक दलका उपल्ला तहका नेताहरूसँग देखिएको थियो ।

त्यसबाहेक शरणार्थी प्रकरणमा पक्राउ परेर हाल उच्च अदालतको आदेशले छुटेका रामशरण केसीसँगसमेत उनको निकट सम्बन्ध देखिएको थियो । प्रहरीले केसीको साथबाट झाकै नामका काटिएको दुई करोडको चेक समेत बरामद गरेको थियो । 

पछि बयानमा समेत केसीले शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू मिलाउने जिम्मा झाले लिएको र सोही कारण चेक काटेको बयान दिएका थिए । झाले केसीसँग आफू भारतीय दूतावास नजिकको भनी परिचय दिएको खुलेको थियो । प्रहरी स्रोतका अनुसार, झाको नेपाली कांग्रेसका उच्च नेतासँग देखिएको छ ।

त्यसबाहेक सचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको थियो । गिरोहका सदस्यहरूलाई गृहका अधिकारीसँग सम्बन्ध समेत उनैले बनाइदिएको प्रहरीको दाबी छ । गृहमन्त्री बालकृष्ण खाँण र सचिव पाण्डेलाई गिरोहसमक्ष भेट गराउने व्यक्ति नै झा रहेको अनुसन्धानमा खटिएका प्रहरीले बताउँदै आएका छन् ।

बयानमा बोल्दैनन् झा

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीलाई लागेको थियो, बेचन झा पक्राउ परेपछि अनुसन्धानको दायरा खुल्दै जानेछ । जसकारण प्रहरीले चलाखीपूर्वक त्यतिबेला बेचन झाको वतन नखुलेको भन्दै खुलेका बखत अनुसन्धान गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझायो ।

त्यहीकारण प्रहरीले नक्कली भुटानी प्रकरणमा जोडिएका उनलाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति पाएको हो । तर, झा पक्राउ परेपनि झाबाट शरणार्थी प्रकरणको कुनै प्रमाण भने प्रहरी फेला पार्न सकेको छैन ।

झाले बोकेका दुई वटा मोवाइल फोन परीक्षण गर्न प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।  प्रहरीसँगको प्रारम्भिक बयानमा भने उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू अनभिज्ञ रहेको भन्दै कुनै कुरा बताउन चाहेका छैनन् । 

राजनीतिक दलका नेताहरूसँगको सम्बन्धबारे भने उनले स्वीकार गरेछन् ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “नक्कली भुटानी शरणार्थीबारे केही जानकारी छैन भनी बेचन झा पन्छिन खोज्छन् । हामीले प्रारम्भिक सोधपुछका क्रममा धेरै प्रयाय ग¥यौँ । तर, केही खुल्लाजस्तो छैन ।”

नेताहरूसँगको सम्बन्धबारेसमेत उनले ५–६ वर्ष अघिबाट एक्लाएक्लै भेटघाट गर्न छाडेको बयान प्रहरीलाई दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu