site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएस एमेच्योर छनोटको अन्तिम चरण खेल्ने पहिलो नेपाली गल्फर बन्दै सद्‌भाव

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्‌भाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार अमेरिकातर्फ प्रस्थान गर्ने भएका छन् ।

सद्‌भावले १२४औँ संस्करणको यूएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । १८ वर्षीय सद्‌भावले युनाइटेड स्टेट्स गल्फ संघबाट दोस्रो तथा फाइनल राउन्डको छनोट प्रतियोगिताका निम्ति विशेष निमन्त्रणा पाएका हुन् । उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नेछन् ।

सद्‌भाव यूएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फर समेत बन्नेछन् । १२४औँ यूएस एमेच्योर च्याम्पियनसिप आउँदो अगस्ट १२ देखि १८ सम्म मिनेसोटास्थित हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ ।

Dabur Nepal
NIC Asia

यसैगरी, उनले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउनेछन् । अमेरिकन जुनियर गल्फ संघले सद्‌भावलाई अगस्ट २९ देखि सेप्टेम्बर १ सम्म फ्लोरिडास्थित टीपीएस सग्रसको दी प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न निमन्त्रणा दिएपछि उनी सहभागी हुन लागेका हुन् ।

सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदारमध्येको एक खेलाडी भएकाले अमेरिकन जुनियर गल्फ संघले सद्‌भावलाई निमन्त्रणा गरेको नेपाल गल्फ संघले जनाएको छ ।

दुई प्रतियोगितामा सहभागितासँगै अमेरिकामा सद्‌भावले विशेष प्रशिक्षण गर्नेछन् । उनले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिनेछन् ।

दुईपटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सद्‌भावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्णपदक दिलाएका थिए । उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन् । उनले तीन प्रमुख उपाधि जितिसकेका छन् । सद्‌भावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरेका थिए ।

सद्‌भावले हालै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३–२४ को सिजनमा दुई उपाधि जितेका थिए । त्योसँगै उक्त टुरमा उनको कुल उपाधि संख्या तीन पुगेको छ । यो सिजन ६ प्रतियोगितामा भाग लिएका उनले दुई प्रमुखसँगै एमेच्योरतर्फ ६ उपाधि नै जिते ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिहीबारै सद्‌भावलाई सफलताको शुभकामना दिँदै एक कार्यक्रमबीच बिदाइ गरे । सदस्यसचिव घिसिङले नेपाली खेलाडीले यो स्तरको प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनु गल्फका निम्ति मात्र नभई सिंगो राष्ट्रलाई गर्वको विषय भएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro