site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलाडीलाई हौसला दिन मञ्चसँग सहकार्य गर्न तयार छौँ : घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई हौसला दिन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

विश्व खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित 'ओलम्पिकमा नेपालको सहभागिता' विषयमा भएको अन्तर्क्रिया कार्यक्रममा सदस्य–सचिव घिसिङले खेल पत्रकारले प्रोफाइल तथा स्टोरीमार्फत खेलाडीहरूलाई सहयोग गर्नुपर्ने बताए । खेलाडीभित्रको प्रतिभालाई सञ्चारकर्मीले मात्र उजागर गर्न सक्ने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

खेलकुद विश्वविद्यालयका लागि परिषद्ले अध्ययन प्रतिवेदन मन्त्रालयमा पेस गरिसकेको जनाउँदै उनले हालकै विश्वविद्यालयले खेलकुद फ्याकल्टीमार्फत अध्यापनको व्यवस्था गर्नु उचित हुने धारणा राखे ।

मञ्चका कार्यवाहक अध्यक्ष निरन्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन दिपक विष्ट, खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्षहरू अजय फुयाल र महेश आचार्यले ओलम्पिकमा नेपालको सहभागिता सम्बन्धमा अनुभव राखेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro