site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुद्ध जयन्तीको अवसरमा बैंककमा शान्ति पदयात्राको आयोजना
Tiktok banner adTiktok banner ad

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बैंककमा शान्ति पदयात्रा आयोजना गरिएको छ ।

बुद्ध जयन्तीको अवसरमा उक्त शान्ति पदयात्राको आयोजना गरिएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ । शान्ति पदयात्रा बैंककको लुम्पिनी पार्कबाट सुरु गरिएको थियो ।

शान्ति पदयात्राको नेतृत्व लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले गरेका थिए ।

लुम्पिनी पार्कबाट सुरु भएको शान्ति पदयात्रा होटेल अन्नतारा सियामसम्म पुगेर कार्यक्रममा परिणत भएको थियो ।

शान्ति पदयात्रा सकिएपछि ‘लुम्बिनी, नेपाल–भगवान बुद्धको जन्मस्थल–विश्व शान्तिको मुहान’ कार्यक्रमको आयोजना गरिएको थियो ।

राजदूत ओलीको स्वागत मन्तव्यसँगै सुरु गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले ‘लुम्बिनी, ग्रेटर लुम्बिनी र लुम्बिनी क्षेत्रहरूमा बौद्ध सर्किट ट्रेल’को बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बेलायतका प्रख्यात पुरातत्वविद् प्रो. रवीन कोनिङ्घमले लुम्बिनी र लुम्बिनी वरपरका विश्व सम्पदा स्थलहरूमा रहेका पुरातात्विक खोजहरूको बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा भन्ते फ्रा ब्रह्मशाक्यवोङ्शाविशुद्धि (डा. अनिल शाक्य)ले सम्बोधन गर्दै विश्व शान्तिको मुहानको रूपमा लुम्बिनीको महत्त्वमाथि प्रकाश पारेका थिए । २६४९औँ बुद्ध जयन्तीको अवसरमा बैंककस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डद्वारा सोमबार संयुक्त रूपमा आयोजना शान्ति पदयात्रामा ३०० भन्दा बढी सहभागीहरूले भाग लिएका थिए ।

थाई–नेपालमैत्री संघ, थाई–नेपाल चेम्बर अफ कमर्स, एनआरएनए थाइल्यान्ड, थाई नेपाली संघ र नेपालका अन्य शुभचिन्तकहरूले कार्यक्रम आयोजना गर्न सहयोग गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro