देश

काठमाडौं । काठमाडौंको मखन गल्लीमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ । मृतक वृद्ध महिला रहेको तर सनाखत भइनसकेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी अपिल बोहराले जानकारी दिए ।
"एक महिलाको मृत्यु भएको छ, वृद्धखालको हुनुहुन्छ । हामी सनाखत गर्दै छौँ," उनले भने ।
उनका अनुसार, आगो नियन्त्रणमा आइसकेको छ । "भर्खरै नियन्त्रणमा आएको छ, अरू अनुसन्धान गर्दै छौँ," बोहराले भने । आगोलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।
आज बिहान बिहान ६:५० बजेतिर दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगलागी भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ ०९:१४
प्रतिक्रिया दिनुहोस्