देश

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छिन् । उनी सोमबार बिहान ०८ः५६ बजे सगरमाथाको चुरोमा पुगेकी हुन् ।
उक्त अवसरमा आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा लैंगिक हिंसाविरुद्धको नारासहितको ब्यानर फहराउन सफल भएको नेपाल प्रहरीले जनाएको छ ।
शेर्पासहितको आरोहण दल ०८१ चैत २८ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ ०९:०८
प्रतिक्रिया दिनुहोस्