site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरएन अस्ट्रेलियाको निर्वाचन जुलाई २६ मा हुने
Tiktok banner adTiktok banner ad

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले निर्वाचनको मिति घोषणा गरेको छ । एनआरएन अस्ट्रेलियाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अनिल पोखरेलले आगामी जुलाई २६ मा निर्वाचन गरिने जानकारी दिए ।

उनका अनुसार, यसपटक आईसीसी सदस्य डिल्ली ढकाललाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ । उपसंयोजक एडिलेडका राजु उपाध्याय तोकिएका छन् ।

अन्य राज्यमा न्युसाउथवेल्सको संयोजकमा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्विन्सल्यान्डमा सुरेश खत्री, साउथ अस्ट्रेलियामा अंकुर उपाध्याय, वेस्टर्न अस्ट्रेलियामा रविन बर्तौला, तास्मानियामा कन्चन अर्याल र एसिटीबाट कृष्ण सुवेदी र नर्दन टेरेटोरीबाट दिनेश सापकोटा तोकिएको छ ।

निर्वाचन आयोग र एनआरएनको छलफलपछि समिति सदस्यको टुंगो लाग्ने अध्यक्ष पोखरेलले बताए ।

यसपटक एनआरएन अस्ट्रेलियाको नयाँ विधानबमोजिम अध्यक्ष, एक उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि निर्वाचन हुनेछ । राज्य संयोजक अब उपाध्यक्ष नहुने भएका छन् । उनीहरू राज्य संयोजक रहे पनि पदीयरूपमा कोषाध्यक्ष मुनिका पदाधिकारी रहनेछन् ।

नयाँ विधानबमोजिम एनआरएन अस्ट्रेलियाका बोर्ड सदस्य १९ जना हुनेछन् । यसअघि, १७ सदस्यीय बोर्ड रहने गरेकामा एक उपाध्यक्ष र प्रिन्सिपल ग्रान्ट अफिसर थप गरिएको हो । 

एनआरएन अस्ट्रेलियाले सदस्यता शुल्क २५ डलरबाट बढाएर ३० डलर बनाएको छ । आजीवन सदस्यता शुल्क २५० डलर तोकिएको छ ।

निर्वाचनमा यसअघिकै व्यवस्था एउटा कार्डबाट अधिकतम चार जनाबाहेक सदस्य बन्न नमिल्ने व्यवस्था यथावत् राखिएको छ । सदस्यता बन्ने क्रम जारी रहेको र यसको अन्तिम म्याद जुन ६ सम्म छ ।

यसपटक आईसीसीस्तरमा देखिएको विवादले सदस्यतामा पर्ने प्रभावबारे अध्यक्ष पोखरेलले खासै फरक नपर्ने र पहिलेकै संख्यामा सदस्यता कायम हुने बताए ।

एनआरएन अस्ट्रेलियाको कार्यकाल दुई वर्षको रहेको छ ।

पत्रकार सम्मेलनमा आईसीसीका सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन एनएसडब्लुका संयोजक विनोद कुवँर, कोषाध्यक्ष अर्जुन गौतम र युवा संयोजक सुमन बोहरालगायत उपस्थित थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro