कला
काठमाडौं । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने भएको छ । पोखराबाट प्रदर्शनीको सुरुआती हुन लागेको हो ।
बालबालिकामा हुने अटिजम सम्बन्धी सचेतना, स्वीकार तथा एलजीबीटीआईक्यूएको बारेमा जनचेतना लगाउने उद्देश्य लिएर प्रदर्शनी गर्न लागिएको हो ।
असार २५ गते पोखरामा चलचित्र प्रदर्शन हुनेछ । अनिता पण्डितले निर्देशन गरेको चलचित्रमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण कथा छ ।
चलचित्रमा अनिता पण्डित, सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख भूमिका छ ।
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ १२:३०
प्रतिक्रिया दिनुहोस्