राजनीति
काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)बाट उमेदवारी दिएका भानु रिजालले आफ्नो उमेदवारी निष्क्रिय पारेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै उमेदवारी निष्क्रिय भएको जानकारी गराएका हुन् ।
उनले नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनलाई सघाउने पनि जनाएका छन् ।
कीर्तिपुरको मेयरमा एकीकृत समाजवादीले निर्वाचनअघि नै माओवादीलाई सघाउने निर्णय गरेको थियो । रिजालको उमेदवारीपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले उमेदवारी फिर्ता लिन निर्देशन दिएका थिए । तर, उनले उमेदवारी फिर्ता लिएका थिएनन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ १८:०९
प्रतिक्रिया दिनुहोस्