site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
हातमा खुकुरी र छुरा बोकेर दौडिरहेका समीर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा समीर भट्टमात्र फिचर्ड छन् । 

समीरलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । हातमा खुकुरी र छुरा बोकेर दौडिरहेका उनी एक्सन भूमिकामा रहेको पोस्टरले संकेत गरेको छ । कालो लेदरको ज्याकेट लगाएका समीरले कालै टिसर्ट र कालै कलरको बक्स पाइन्ट लगाएका छन् । लामो– लामो कपाल र दारीमा देखिएका उनको अनुहारको एक्सप्रेसनले उनी रिभेन्जको मुडमा रहेको देखिन्छ ।

Agni Group
NIC Asia

दसैँमा प्रदर्शनमा आउने चलचित्रबाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । 

विराजले नेपाली सिनेमा इतिहासकै उच्चस्तरीय एक्सन चलचित्र बनाउने बताइरहेका छन् । यो चलचित्रले नेपाली सिनेमाको एक्सनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विश्वास निर्देशक तथा अभिनेता भट्टको छ ।

Global Ime bank

निर्देशक विराजका अनुसार अबको १० दिनमा सिनेमाको छायांकन प्याकअप हुनेछ । यो सिनेमामा समावेश गरिने एउटा एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पूर्ण छायांकन सकिने उनको भनाइ छ ।

समिरले १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यू गरेका हुन् । समीरले मुम्बईमा किशोर–नमितबाट अभिनय प्रशिक्षण लिएका थिए ।

यो चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । 

चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशासँगे मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्टलगायतको अभिनय रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय