site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किन हुन्छ दुबी ? उपचार सम्भव छ ?
Siddhartha BankSiddhartha Bank

अंग्रेजीमा 'विटिलिगो' र नेपालीमा 'दुबी' भनिने छाला रोगबारे सामान्य मानिसमात्रै होइन, चिकित्सकलाई पनि कममात्रै जानकारी हुने गर्छ ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)का अनुसार यस रोगबाट विश्वका शून्य दशमलब ५ देखि १ प्रतिशत मानिस प्रभावित छन् । केही शोधकर्ताहरूका अनुसार यसको असर १.५ प्रतिशतसम्म मानिसमा पनि हुन सक्छ । यसका बिरामीको छाला तथा कतिपयको कपालमा गाढा रंग देखिन्छ । त्यसपछि यो सेतो हुँदै जान्छ । यो काला मानिसमा चाँडै देखिन्छ ।

यो संक्रमणबाट फैलिने होइन । यद्यपि, पीडित मानिसका लागि निकै चिन्ताको विषय बन्ने गरेको छ ।

Agni Group
NIC Asia

के हो दुबी ?

कोही पनि व्यक्ति पुरुष होस् वा महिला उसको छालाको रंग जेसुकै होस्, यो रोगबाट पीडित हुन सक्छन् । यो क्रोनिक बिमार हो । जस अन्तर्गत छालामा सेतो वा पहेँलो धब्बा देखिन्छ । छालाको त्यो हिस्सामा मेलेनिन भन्ने तत्व रहँदैन ।

Global Ime bank

मेलेनिन छालामा पिगमेन्टेसनका लागि जिम्मेवार मानिन्छ । जुन मेलानोसाइट्स नामको खास कोषिकाबाट बनेको हुन्छ । छालालाई रंग दिनेबाहेक मोलानोसाइट्सले सूर्यको किरणबाट पनि बचाउने गर्छ । तर, जब मेलानोसाइट्स खतम भएर जान्छ, त्यतिबेला पिंगमेन्ट पनि जान्छ र व्यक्तिलाई दुबी देखा पर्छ ।

यो समस्या कुनै पनि भागको छालामा हुन सक्छ । तर, मुख्यतया त्यही हिस्सामा हुन्छ, जहाँ सूर्यको किरण पर्छ । जस्तो अनुहार, गर्धन र हातमा । यो रोग कालो वा रातो छाला भएको व्यक्तिलाई धेरै देखिने गरेको छ । यो हरेक व्यक्तिमा फरकफरक हुने गर्दछ । 

यसका प्रकार

सेगमेन्टल : यसलाई पनि एक प्रकारको दुबी नै भनिने गरिएको छ । यो आमरूपमा कम उमेरमा देखिने गर्दछ । जसमा शरीरको केबल एक हिस्सामा सफेद धब्बा हुन्छन् । यो एउटा खुट्टा, अनुहारको एकतर्फ वा शरीरको एकतर्फ मात्रै हुन सक्छ । यस खालको दुबीले रौँ झर्ने समस्या पनि ल्याउँछ ।

ननसेगमेन्टल : यो दुबीको सबैभन्दा सामान्य प्रकार हो । यो धेरैजसो मानिसमा पाइने गरेको छ । यसमा शरीरको कुनैपनि भागमा सेतो रंग देखा पर्न सक्छ ।

एक्रोफेसियल : अनुहार, टाउको,हात र खुट्टामा यसले प्रभाव पार्छ ।

म्युकोसल : अनुहारको आसपास र जननांगमा यसले प्रभाव पार्छ ।

युनिभर्सल : यो सबैभन्दा गम्भीर अवस्था हो । तर, सबैभन्दा दुर्लभ पनि हो । यो छालाको ८० देखि ९० प्रतिशत हिस्सा सम्म फैलिन सक्छ ।

यसबाट को पीडित हुन्छन् ?

यो बिमारीबाट प्रभावित हुनेको समस्या हेर्ने विटिलिगो सोसाइटीका अनुसार विश्वमा सात करोड मानिस यो रोगबाट पीडित छन् । त्यसमा २० देखि २५ प्रतिशत बच्चा छन् । दुबी आमरूपमा २० वर्षको उमेरमा देखिन थाल्छ । 

यद्यपि, यो कुनैपनि उमेरमा हुन सक्छ । यो महिला तथा पुरुष जो सुकैलाई हुन सक्छ । यो एक अटोइम्युन डिसअर्डर हो, केवल कस्मेटिक समस्यामात्र होइन ।

अहिलेसम्म यो पत्ता लगाउन सम्भव भएको छैन कि दुबीको कारण के हो ? यद्यपि, यो कुनै संक्रमण होइन । यो एक व्यक्तिबाट अर्कोमा फैलिन सक्दैन । किनकि, यसको बिरामको कारण पत्ता लागेको छैन ।

यसको लक्षण के हो ?

यसको कुनै शारीरिक लक्षण हुँदैन । यदि दागलाई घामबाट सुरक्षित राखिएन भने यो जल्न सक्छ । यद्यपि यो प्रभावित व्यक्तिका लागि निकै हैरानीको विषय हुन सक्छ । खासगरी सफेद दाग अनुहार, गर्धन वा जननांगमा छ भने । ब्रिटिस एसोसिएसन अफ डर्मेटोलोजिस्टकी निना गोएडका अनुसार दुबीले मनोवैज्ञानिक र भावनात्मकरूपले बढी प्रभावित पार्न सक्छ ।

जानकारहरूका अनुसार कालो छाला भएकोमा यो अधिक प्रस्ट देखिन्छ । यद्यपि, यसबाट हुने मनोवैज्ञानिक हैरानीको छालाको रंग वा बिमारको प्रसारमा कुनै सम्बन्ध हुँदैन । तथापि, जानकारहरू जब यो डिसअर्डर शरीरको अधिकांश भागमा फैलिन्छ, केही जातीय समुदाय खासगरी काला जातिका मानिस आफनो सांस्कृतिक पहिचान गुमाउने डरले हैरानी महसुस गर्छन् । 

यो अनुमान लगाउन असम्भव छ कि बिमार कसरी विकसित हुन्छ ।

कतिपयको छालाको धब्बामा कुनै परिवर्तन आएको हुँदैन । तर, कतिपयमा त्यस्तो धब्बा निकै तीव्र गतिमा फैलिन्छ । कतिपय समयमा सफेद दागमा पिगमेन्ट फिर्तापनि आउने गरेको छ । खासगरी बच्चाको हकमा यस्तो हुन्छ ।

औषधि के हो ?

सामान्य हिसाबले विशेषज्ञहरू आमरूपमा उपचारको कम्बिनेसको सल्लाह दिने गर्छन् । जस्तो कि फोटोथेरापी (अल्टाभ्वाइलेट लाइट थेरापी)का साथै औषधि र छालामा कार्टिकोस्टेराइड्स लगाउन सल्लाह दिन्छन् । तथापि, कार्टिकोस्टेराइड्सले केवल २५ प्रतिशत भन्दा कम बिरामीमा प्रभाव पर्दछ । र, अल्टाभ्वाइलेट लाइटले छालाको रंगमा असामान्य बदलाब गर्छ । यसले लामो समयमा स्किन क्यान्सरको खतरा समेत पैदा गर्ने बताइएको छ । अमेरिका तथा युरोपेली संघले नन सेगमेन्ट विटिलिगोको उपचारको लागि ओपजेलुरा नामको एक औषधिलाई स्वीकृति दिएको छ ।

जसको सक्रिय पदार्थ रुक्सोलिटिनिब हो । यो औषधि एक मल्हमको रूपमा आउँछ । र, त्यसलाई विटिलिगो प्रभावित क्षेत्रमा सिधै लगाइन्छ । 

दिनको दुई पटक यसको प्रयोग गर्ने करिब आधा बिरामीले यसबाट असरदार सुधार भएको बताएका छन् । ६ मध्ये एक बिरामीको भनाइ थियो कि यसको प्रयोगले सफेद धब्बामा भएको पिगमेंटेसन फर्केर आएको थियो । 

यद्यपि, यो फर्मुलामा केही मतभेद छन् । यसले इम्युन सिस्टम प्रभावित हुन सक्छ । र, जहाँ यसलाई लगाइन्छ त्यहाँ पोल्ने पनि हुन सक्छ । ओपजेलुराको एक ट्युबको मूल्य दुई हजार अमेरिकी डलर पर्छ ।

यसबाहेक जर्नल अफ डर्मेटोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार कालो खुर्सानीको तिखो स्वादको लागि जिम्मेवार मानिने पिपेरिनले पिगमेन्टेसनलाई बढाउँछ । 

यसको छालामा मेलोनोसाइट्सको उत्पादन तीव्र हुन्छ । तथापि, जुन चिज मेलानोसाइट्समा वृद्धिको कारण बन्छ उसमा मेलेनोमाको खतरा पनि बढ्दछ । जुन छालाको क्यान्सरको सबैभन्दा घातक रूप हो ।

यसले गर्दा यो अहिलेसम्म सावित भएको छैन कि के पिपेरिनको प्रयोगले मानिसको दुबीको उपचार खतराविहीन ढंगले गर्न सकिन्छ ? अमेरिकास्थित ग्लोबल विटिलिगो फाउन्डेसनका अनुसार यसका बिरामीलाई राम्रो ढंगले बुझ्ने र नया उपचारको तरिका विकसित गर्नका लागि फन्ड निकै कम मात्र प्राप्त छ ।

बीबीसी हिन्दीबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय