site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाइडेन राष्ट्रपतिको उमेदवार बन्ने दौडबाट पछि हटे के हुन्छ ?
Siddhartha BankSiddhartha Bank

वासिंटन । गएको बिहीबार राति (नेपालमा शुक्रबार बिहान) अमेरिकाको राष्ट्रपतीय निर्वाचनको लागि भएको बहसमा कमजोर प्रस्तुति भएपछि राष्ट्रपति जो बाइडेनलाई आफ्नो उमेदवारीबाट फिर्ता हुन दबाब पर्न थालेको छ ।

अमेरिकामा अहिले उनले फिर्ता हुन चाहेमा के हुन्छ, फिर्ता भएमा अर्को दाबेदार डेमोक्रयाटिक पार्टीबाट को हुने र उनलाई हटाउनुपर्‍यो भने कसको सम्भावना हुन्छ जस्ता प्रश्नहरू उठ्न थालेका छन् । 

उनको प्रस्तुतिमा विपक्षी रिपब्लिकनका उमेदवार डोनाल्ड ट्रम्पभन्दा कमजोर रहेको कुरामा सो पार्टीका अधिकांशले सहमति जनाएको अवस्था छ । यसबारेमा स्वयं राष्ट्रपति बाइडेनले पनि महसुस गरेको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले बहसको भोलिपल्ट नर्थ क्यारोलिनामा आयोजित एक कार्यक्रममा बोल्दे आफू भर्खरको मान्छे नभएको आफूलाई थाहा भएको, जसरी हिँड्नुपर्ने हो त्यसरी हिँड्न सक्ने अवस्थामा नभएको, बोलीको बारेमा पनि थाहा भएको र बहस जस्तो हुनुपर्ने त्यस्तो नभएपनि के गर्ने, सत्य कसरी बोल्ने, गलतबाट सत्य के हो त्यो भन्न सक्ने र राष्ट्रपतिको काम कसरी गर्ने भन्ने बारेमा आफूलाई थाहा भएको बताएका छन् । उनले कसरी काम गर्ने र कैयौँ मिलियन्स अमेरिकीलाई थाहा भएको कुरा आफूलाई पनि थाहा भएको जनाएका छन् । 

उनको बिहीबारको बहसको प्रस्तुतिलाई लिएर समर्थक, दाता तथा डेमोक्रयाटिक कंग्रेस सदस्यहरूले दुख प्रकट गरिरहेको बेलामासो धारणा राखेका हुन् ।

Global Ime bank

बाइडेन राष्ट्रपतिको दौडबाट पछि हट्न सक्ने सम्भावना छ भन्ने प्रश्नमा उनको क्याम्पेनका प्रवक्ता सेथ स्कुस्टरले भनेका छन्– ‘छैन ।’  ‘यसका लागि कुनै आधार छैन’ बाइडेनका सल्लाहकारले पनि शुक्रबार बिहान भनेका छन् ।

क्याम्पेनका सहअध्यक्ष मिच लान्ड्रियुले पनि शुक्रबार राति सीएनएनसँग कुरा गर्दै भनेका छन् ‘जो बाइडेनमा १०० प्रतिशत आत्मविश्वास छ ।’

आउँदो अगस्टमा डेमोक्र्याटिक पार्टीको सम्मेलन शिकागोमा हुँदै छ । सो सम्मेलनले पुनर्विचार गर्न सक्ने सम्भावना रहे पनि यसअघि प्राइमरीमा बाइडेन ९९ प्रतिशत मत पाएर उमेदवार छानिएकोले ती प्रतिनिधिलाई अहिले फिर्ता गर्न अप्ठेरो रहेको बताइएको छ ।

उनले छोड्ने अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसपनि सो पदका उमेदवार छानिन सक्ने जनाइएको छ । कतिपयले क्यालिफोर्नियाका गभर्नर गाभिन न्यूसमको नाम पनि लिएका छन् । यद्यपि, उनले सिधैँ ट्रम्पको विरोध गर्न चाहेको पाइएको छैन । उपराष्ट्रपति ह्यारिसले भने बहसको प्रतिक्रियामा सुरुमा ‘स्लो’ र अन्तिममा ‘स्ट्रोङ’ प्रस्तुती भएको टिप्पणी गरेकी थिइन् ।

बाइडेनले छोड्ने अवस्था आएमा उपराष्ट्रपति ह्यारिस तयारी अवस्थामा रहेको यूएसए टुृडेले आफ्नो एक स्टोरीमा जनाएको छ । उता डेमोक्रेटिकबाट मिनेसोटाका रिप्रेजेन्टेटिभ डीन फिलिप्स र लेखक मैरियाना विलिइम्सनको नामपनि चर्चामा रहेको छ । यद्यपि, अहिलेका उमेदवारले छोडेमा वा उनलाई हटाइएमा मात्र अरु छनोट गर्ने कुरा आउँछ । अहिलेसम्म सबै अन्योलमा रहेको अवस्था छ ।

आगामी अगस्ट १९ देखि २२ सम्म शिकागोमा हुने डेमोक्रेटिक नेसनल कन्भेन्सनले सो पार्टीको उमेदवारको आधिकारिक घोषणा गर्नेछ । एजेन्सीको सहयोगमा 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय