काठमाडौं । गायक सुशान्त केसीले अमेरिकाको न्युयोर्कमा कन्सर्ट गर्ने भएका छन् । न्युयोर्कस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) मा कन्सर्ट हुनेछ ।
‘सुशान्त केसी वर्ल्ड टुर लाइभ कन्सर्ट इन न्युर्याेक’ नामक कन्सर्टमा उनले आफ्ना चर्चित गीत गाउनेछन् ।
हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुँदै आएको भेन्युमा पहिलो पटक नेपाली कलाकारको कार्यक्रम हुन लागेको आयोजकको दाबी छ ।
कार्यक्रममा सुशान्तसहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिक समेत रहनेछ । कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कडेल, जिमी गुरुङ, रोशन गौचनले गर्दैछन् ।
कार्यक्रममा १६ वर्षभन्दा माथिका दर्शकले मात्र सहभागिता जनाउन सक्नेछन् ।
न्युयोर्कको प्लाडिनियमपछि सुशान्तको कार्यक्रम अमेरिकाको अन्य ११ स्थानमा हुने आयोजक रोशन गौचनले बताए ।