कला
काठमाडौं । चलचित्र ‘कल्की २८९८ एडी’ले बक्सअफिसमा सुखद सुरुआत गरेको छ । भारतमा यो चलचित्रले पहिलो दिन ८५ करोड ५० लाख नेट कलेक्सन गरेको भारतीय ट्रेड एनलाइसिस्ट सुमित कँडेलले उल्लेख गरेका छन् ।
सुमितका अनुसार हिन्दी भाषामा मात्र यो सिनेमाले २१ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ ।
बिहीबारबाट रिलिज भएको चलचित्रमा दक्षिण भारतीय अभिनेता प्रभास मुख्य भूमिकामा छन् ।
नाग अश्विनले निर्देशन गरेको चलचित्रमा प्रभाससँगै अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसन मुख्य भूमिकामा छन् । ‘कल्की २८९८ एडी’मा ६०० करोड भारू (सात अर्ब २० करोड नेपाली रुपैयाँ) लगानी छ ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ १३:४५
प्रतिक्रिया दिनुहोस्