site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ एक हप्तापछि ‘आचार्य’को प्रदर्शन रोकिनुको कारण  
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्र ‘आचार्य’को प्रदर्शनमा रोक लगाइएको छ । रिलिजमा आएको एक हप्तापछि सिनेमाको प्रदर्शनमा रोक लगाइएको हो । 

रि–लिज गर्दा पनि पुनः सेन्सर गर्नुपर्ने प्रावधान रहेकोमा ‘आचार्य’ निर्माण टिमले उक्त प्रक्रिया पूरा नगरेपछि प्रदर्शनमा रोक लगाइएको हो । 

KFC Island Ad
NIC Asia

“एकपटक सेन्सर गरेको चलचित्र दश वर्षसम्म सार्वजनिक प्रदर्शन गर्न पाइन्छ । त्यसपछि प्रदर्शन गर्नुपरे पुनः सेन्सर गर्नुपर्छ,” चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी भन्छन्, “आचार्यमा भक्तराज आचार्यको मृत्युपछिका दृश्य पनि राखेको देखियो । दृश्य थपघट गरेपछि पनि पुनः सेन्सर गराउनुपर्छ ।” 

गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्ष र उपलब्धीमा बनेको चलचित्र ‘आचार्य’ १३ वर्षपछि गत शुक्रबारबाट पुनः रिलिज भएको थियो । 

Royal Enfield Island Ad

प्रशान्त रसाइलीले निर्देशन गरेको सिनेमा भक्तराजका जेठा छोरा सत्यराज आचार्य मुख्य भूमिकामा छन् । 

अन्य कलाकारमा सुनील पोखरेल, अरुणा कार्की, सौगात मल्ल, विपीन कार्कीलगायत छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro