site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघको रिपोर्टमा इजरायल र हमास दुवै ‘लज्जाको सूची’मा
SkywellSkywell

न्युयोर्क । संयुक्त राष्ट्रसंघले इजरायली सेना, हमास र प्यालेस्टाइन इस्लामिक समूह जिहादको हतियारधारी समूहलाई ‘लिस्ट अफ शेम’ ( लज्जाको सूची)मा राखेको छ ।

युद्धका क्रममा बालबालिकालाई असर गर्ने कार्य गरेर अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन गरेबापत उनीहरूलाई उक्त सूचीमा राखिएको जनाइएको छ । इजरायली सेना र लडाकु संगठनलाई एउटै सूचीमा राखिएको छ ।

Dabur Nepal
NIC Asia

राष्ट्रसंघका महासचिव जनरल एन्टोनियो गुटर्रेसको वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको हो । यो रिपोर्ट सन् २०२३ का गतिविधिमा आधारित रहेर बनाइएको जनाइएको छ ।

रिपोर्टमा २०२३ मा बालबालिकाविरुद्ध हिंसा चरम अवस्थामा पुगेको र यसक्रममा नियमको गम्भीर उल्लंघन गरिएको जनाइएको छ । यो उल्लंघन २१ प्रतिशतले बढेको उल्लेख छ ।

यस्तै, हत्या र अपांगताका मामिला ३५ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।

यस्तो सूचीमा खासगरी सेनामा बालबालिकाको भर्ती र प्रयोग, अपांगता र हत्या, यौनहिंसा, विद्यालय र अस्पतालमा हमला, अपहरण र नागरिकलाई मानवीय सहायताबाट टाढा राख्ने समूहलाई राख्ने गरिएको छ । यस्तो सूचीमा यसअघि तालिबान, इस्लामिक स्टेटलगायत कट्टरपन्थी समूहलाई राखिएको जनाइएको छ ।

इजरायलले यो रिपोर्टबारे प्रारम्भिक टिप्पणी गर्दै ‘अनैतिक’ भएको जनाएको छ । अरू समूहले भने टिप्पणी गरेका छैनन् । यसबाट कानुनी रूपमा कुनै कारबाही हुन सक्ने अवस्था नभए पनि ती समूहमाथि नैतिक दबाब पर्ने जनाइएको छ ।

सन् २००१ मा राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव १,३७९ मा महासचिवको रिपोर्टमा यसखालको सूची बनाउन सकिने व्यवस्था गरेको थियो । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu