site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘जेरीः अन टप’मा कस्तो छ अनमोलको लुक्स ? 
SkywellSkywell

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘जेरीः अन टप’मा  हुने नायक अनमोल केसीको लुक्स सार्वजनिक भएको छ । फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको उनको लुक्स निर्माणपक्षले सार्वजनिक गरेको हो । 

अनमोल चकलेटी लुक्समा देखिएका छन् । खैरो जिन्सको आउटर र पाइन्टमा देखिएका अनमोलले पिंक कलरको टिसर्ट लगाएका छन् । उनको गेटअप र लुक्सले उनी कलेज ब्वाइको क्यारेक्टरमा सिनेमामा रहेको अनुमान लगाउन सकिन्छ । 

Dabur Nepal
NIC Asia

अनमोल मुख्य भूमिकामा रहेको चलचित्रमा आँचल शर्मा र जसिता गुरुङ छन् । 

सुरुमा यो चलचित्रमा आना शर्मा अनुबन्ध थिइन् । केही दिन अगाडि मात्रै उनको ठाउँमा गुरुङ अनुबन्ध भएकी हुन् ।

चलचित्र ‘जेरीः अन टप’ साउन १ गतेबाट छायांकनमा जाने तयारीमा छ । चलचित्रको वर्कशप समेत सुरु भइसकेको छ ।

चलचित्रलाई सुयोग गुरुङको निर्देशन गर्दैछन् । सरोज न्यौपानेले निर्माण गर्न लागेको चलचित्रमा दीपक भण्डारीको पनि लगानी रहने बताइएको छ । क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।

चलचित्रको छायांकन काठमाडौंसँगै मुस्ताङ र लुक्लामा हुने निर्माण पक्षले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu