site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलका खेलहरू युट्युबमा एक्सन स्पोर्ट्सको च्यानलबाट हेर्न सकिने 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन स्पोर्ट्सले पाएको छ । डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रसारण गर्न एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो ।

योसँगै दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्षरूपमा हेर्न सक्ने भएका छन् । प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्ने छ ।

प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने तय भएको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro