site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘दान्भी’लाई मंगलबार काठमाडौंमा ६ शो, पाँच वटा टिकट बिक्री 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्र ‘दान्भी’ गत शुक्रबार रिलिज भएको हो । चलचित्रमा पूजा शर्मा मुख्य भूमिकामा छिन् । 

रिलिज भएको दिन शुक्रबार र शनिबार केही हलमा राम्रै व्यापार गरेको यो चलचित्र अहिले भने बक्सअफिसमा कमजोर देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार (भोलि)का लागि काठमाडौं उपत्यकामा देशकै ठूलो मल्टिप्लेक्स चेनले यो चलचित्रलाई ६ वटा शो दिएको छ । भाटभटेनी भक्तपुरको क्यूएफएक्समा दुई, छाया सेन्टरमा एक, सिभिल महलमा दुई र लाभिममा क्यूएफएक्सले एक शो दिएको छ ।  

सोमबार अपराह्न ५ बजेसम्म क्यूएफएक्सले दिएका ‘शो’मा पनि ‘दान्भी’को अग्रिम टिकट बुकिङ देखिएको छैन ।  

Global Ime bank

काठमाडौंका ६ वटा ‘शो’मा सिभिल महलको साढे ५ बजेको ‘शो’मा पाँच वटा टिकटमात्र बुकिङ भएको छ । यसले यो चलचित्रको बक्सअफिस कमजोर भएको पुष्टि गरेको छ । 

रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’मा पूजासँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको पनि अभिनय छ । 

‘दान्भी’लाई शुक्रबार क्यूएफएक्सले काठमाडौंमा १६ र उपत्यकाबाहिर ३१ शो प्रदान गरेको थियो । 

दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआईले १२, वान सिनेमाजले सात शो उपलब्ध गराएका थिए । एफक्युब, बीएसआर, बिग मुभिज रन्जनालगायत मल्टिप्लेक्समा पनि ‘दान्भी’ले उत्साहजनक शो पाएको थियो । उत्साहजनक शो पाए पनि यो चलचित्रले राम्रो व्यापार गर्न सकेन । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय