कला
ललितपुर । पाटनको मोक्षको हलमा आइतवार साँझ परिजिता बास्तोलाले गीत गाउँदै गर्दा धेरै भन्दै थिए– आज म काठमाडौँ मा होइन, न्युयोर्कमा छु जस्तो लागिरहेको छ । ह्विट्नी ह्युस्टन वा सेलिन डिओनको कन्सर्टमा छु जस्तो लागिरहेको छ ।
परिजिता नेपाली मुलकी अमेरिकी हुन् । सन् २०२२ मा एनबीसी टेलिभिजनले आयोजना गरेको सांगीतिक शोमा सहभागी भएकी हुन् ।
उनले आफ्नो पहिलो भ्रमणको अवसरमा सांगीतिक प्रस्तुति दिएकी हुन् । उनले गाएका १८ गीतमा अधिकांश अंग्रेजी गीत थिए । उनले बिपुल क्षेत्रीको ‘सिन्डिकेट’ र नारायण गोपालको ‘केही मिठो बात गर’ बोलको गीत पनि गाइन् ।
उनको पुर्ख्यौली घर झापा हो ।
तस्बिरहरू : विकास रौनियार
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ १५:२७
प्रतिक्रिया दिनुहोस्