site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
राष्ट्रिय बालचलचित्र महोत्सवमा एक दर्जन चलचित्र प्रदर्शन
SkywellSkywell

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव–२०८१ सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सव आइतबार सम्पन्न भएको हो । 

महोत्सवमा एक दर्जनभन्दा बढी बाल चलचित्रहरू प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरू पनि महोत्सव प्रदर्शन गरिएको थियो ।

Dabur Nepal
NIC Asia

महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार  बोर्ड अध्यक्ष भुवन केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासँग संवाद तथा अन्तरक्रिया गरेका थिए । 

महोत्सवकै क्रममा चलचित्र निर्माण कार्यशाला ‘मेरो कथा मेरो चलचित्र’ सुरु गरिएको थियो । कार्यशालामा २१ बालबालिकाले प्रशिक्षण लिएका थिए । 

चलचित्रसम्बन्धी फोटो प्रदर्शनी महोत्सवको आकर्षणको रूपमा रहेको बोर्डले जारी गरेको प्रेस नोटमा छन् । 

बोर्डले गत वर्ष दाङमा प्रहिलो बालचलचित्र महोत्सव आयोजना गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro