कला
काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘चन्दु च्याम्पियन’ले भारतीय बक्स अफिसमा सन्तोषजनक कलेक्सन गरिरहेको छ ।
आठ दिनमा यो चलचित्रले ४३ करोड ४५ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ ।
पहिलो दिन ५ करोड ४० लाख, दोस्रो दिन ७ करोड ७० लाख, तेस्रो दिन ११ करोड १ लाख कलेसक्न गरेको भारतीय सिनेमाका ट्रेड इनलाइसिस्ट सुमित कँडेलले जनाएका छन् ।
चौथो दिन ६ करोड १ लाख, पाँचौं दिन ३ करोड ६० लाख, छैटौं दिन ३ करोड ४० लाख, सातौं दिन ३ करोड १ लाख र आठौं दिन ३ करोड ३२ लाख कलेसक्न गरेको कँडेलले उल्लेख गरेका छन् ।
कबिर खानले निर्देशन गरेको चलचित्रमा कार्तिकसँगै विजय राज, भुवन अरोडा र राजपाल यादव मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: शनिबार, असार ८, २०८१ १३:५९
प्रतिक्रिया दिनुहोस्