site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
१५ वर्ष अगाडि साढे २ करोडमा बनेको ‘आचार्य’  
SkywellSkywell

काठमाडौं । गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्ष र उपलब्धीमा बनेको चलचित्र ‘आचार्य’ शुक्रबार (भोलि)बाट रिलिज हुँदै छ । 

प्रशान्त रसाइलीले निर्देशन गरेको सिनेमा भक्तराजका जेठा छोरा सत्यराज आचार्य मुख्य भूमिकामा छन् । अन्य कलाकारका सुनील पोखरेल, अरुणा कार्की, सौगात मल्ल, विपीन कार्कीलगायत छन् । 

Dabur Nepal
NIC Asia

सिनेमाका निर्माता रोशन राई हुन् । सत्यराज आचार्यका अनुसार ‘आचार्य’ निर्माणमा साढे २ करोड रुपैयाँ लागेको थियो । “१३ वर्ष अगाडि रिलिज भए पनि यो चलचित्र १५ वर्ष अगाडि बनेको हो,” सत्यराजले भने, “त्यो बेला ७०/७५ लाखमा राम्रा चलचित्र बन्थे । तर हामीले यो चलचित्रमा त्यही बेला साढे २ करोड रुपैयाँ खर्चियौँ ।” 

चलचित्रको अधिकांश काम मुम्बइमा भएको थियो । चलचित्रको स्क्रिनप्ले हलिउडका स्क्रिप्टराइटर रिक बारफले लेखेका हुन् । सिंक साउन्ड रहेको चलचित्र चार महिना लगाएर खिचिएको थियो । ब्याकग्राउन्डस्कोर पनि मुम्बइमा गरिएको थियो । “हामी जुन स्टुडियोमा सिनेमाको काम गर्थ्यौं, त्यहाँ आफ्नो चलचित्रको काम गरेर शाहरुख खान निस्किन्थे,” सत्यराज भन्छन्, “हामी जहाँ साउन्डको काम गर्थ्यौँ, त्यहाँ भारतमा नामी कलाकारका नामी सिनेमाको साउन्डको काम भइरहेको हुन्थ्यो ।”    

१३ वर्षपछि चलचित्र ‘आचार्य’को पुनः प्रदर्शन गरिन लागेको हो । चलचित्रको बुधबार प्रिमियर गरिएको थियो । प्रिमियरमा उपस्थित हुनेहरूले सिनेमा हेरेपछि तारिफ गरेका थिए । नेपाली सांगीतिक क्षेत्रमा आउन चाहनेहरूका लागि सिनेमा प्रेरणाको स्रोत हुने उनीहरूले बताएका थिए । 

चलचित्रको साउन्ड, सिनेमेटोग्राफी, ब्याकग्राउन्डस्कोरको तारिफ भएको थियो ।  पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको सत्यराजले बताएका छन् । 

२०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । चिकित्सकले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । त्यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि सिनेमाले देखाएको छ ।

सिनेमाको ट्रिमिङ तथा पुनः सम्पादनको काम देवजंग थापाले गरेका छन् । सिनेमामा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधनपछिका फुटेज पनि समावेश गरिएका छन् । अहिले यो चलचित्र पूर्णरुपमा बायोपिक भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro