खेल
काठमाडौं । जर्मनीको चेम्निजमा हुने चेम्निज ओपन कराते प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार जर्मनी प्रस्थान गर्दै छ ।
नोभेम्बर ३० तारिखमा हुने प्रतियोगिताको यू–१४ उमेरसमूहको ४० केजीमुनि रेगन घले र यू–२१ उमेरसमूहको ६० केजीमुनि विकास घर्तीले प्रतिस्पर्धा गर्ने छन् ।
सन् २०२१ को चेम्जिन ओपनमा स्वर्ण र कांस्य जितेका सुमन तिमल्सिना यसपटक प्रशिक्षकको भूमिकामा छन् । अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
टोलीलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ २३:२०
प्रतिक्रिया दिनुहोस्