site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्लभ न्युरो रोगका कारण 'टिप टिप बरसा पानी'की गायिकाले गुमाइन् श्रवणशक्ति
SkywellSkywell

काठमाडौं । भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरोसम्बन्धी समस्या भएको छ । सोमबार ५८ वर्षीया अल्काले इन्स्टाग्राममार्फत भाइरल आक्रमणबाट हुने दुर्लभ न्युरो समस्याबाट आफूले श्रवणशक्ति गुमाएको जानकारी दिएकी छन् ।

यसैकारण आफू लामो समयदेखि निष्क्रिय रहेको उनले बताएकी छन् । साथै उनले आफ्ना फ्यानहरूलाई चर्को आवाज गीत नसुन्न र हेडफोनको कम प्रयोग गर्न सुझाव दिएकी छिन् ।

KFC Island Ad
NIC Asia

उनले केही हप्ता अगाडि हवाई यात्रा गरेर झरेपछि आफूले श्रवण शक्ति गुमाएको थाहा पाएको बताएकी छन् ।

चिकित्सकले आफ्नो उपचार गरिरहेकाले उनले आफ्ना लागि प्रार्थना गरिदिन आग्रह पनि गरेकी छन् ।

Royal Enfield Island Ad

उनले टिप टिप बरसा पानी, देखा है पहली बार, एक दो तीन, चोली के पीछे, कुछ कुछ होता है, ताल से ताल मिलासहितका गीतहरूमा आवाज दिएकी छन् ।

अल्का बलिउडकी चर्चित पार्श्व गायिका हुन् । २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गरिसकेकी अल्काले दुई राष्ट्रिय अवार्ड र सात फिल्मफेयर अवार्ड जितिसकेकी छन् ।

सन् १९८० मा रिलिज भएको फिल्म ‘पायल की झंकार’बाट अल्काले पार्श्व गायिकाको रूपमा डेब्यू गरेकी थिइन् ।

दैनिक भास्करबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro