site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘घरज्वाइँ’ले दर्शकको मन जित्ने अर्थमन्त्रीको विश्वास
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ निर्माणपक्षले प्रचार–प्रसार सुरु गरेको छ । काठमाडौंको टुँडिखेलमा सुरु भएको मगरहरूको पर्व भूमेको अवसर पारेर चलचित्रको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए ।

शनिबार भूमे पर्वको शुभारम्भ अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन ‘घरज्वाइँ’ टिमका तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशिर वाङ्देल, भोलाराज सापकोटालगायत टुँडिखेल पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । आफू भोजपुरमा जन्मिएको राईको छोरो भए पनि पूर्वी रुकुमको एक मगर युवाको जीवन सिनेमामा बाँच्न पाएको र आफूले यो चरित्रलाई न्याय दिने प्रयास गरेको बताए । 

मगर समुदायमा आधारित भए पनि चलचित्र सम्पूर्ण नेपाली सिनेमाप्रेमी दर्शकलाई मन पर्ने दयाहाङको दाबी रहेको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

Global Ime bank

अभिनेत्री मिरुना मगरले आफू सानैमा विदेश गएकाले यो चलचित्रमार्फत मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न पाएको बताइन् । मिरुनाले आफू पूर्वेली मगर भएकाले पनि पश्चिमको संस्कार र संस्कृतिबारे बुझ्ने अवसर पाएको बताइन् । 

अर्थमन्त्री वर्षमान पुनले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । 

असार २८ गते प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ, मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुनलगायत कलाकार मुख्य भूमिकामा छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement