site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको राजधानी नयाँ दिल्लीमा गर्मीसँगै पानीको हाहाकार 
Siddhartha BankSiddhartha Bank

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका धेरै क्षेत्रमा गर्मी बढ्नुका साथै पानीको पनि संकट उत्पन्न भएको छ । कैयौं इलाकामा मानिस बिहानदेखि डिब्बा र पाइप लिएर पानीको ट्यांकरको पर्खाइमा बसिरहेका छन् । कुनै ट्यांकर नजिक पुगेमा त्यसमा पानी भर्नको लागि कुदाकुद हुने गरेको छ । 

देशका कैयौं क्षेत्रमा बढिरहेको गर्मीका कारण यो पटक ‘रेकर्ड ब्रेक’ गर्ने अवस्था उत्पन्न भएको छ । गर्मी र हिटवेभका कारण मानिस ठूलो समस्यामा छन् । 
 
यद्यपि, पानीको अभावका कारण दिल्लीको ठूलो क्षेत्रको जीवन अस्तव्यस्त भएको छ । पानीका लागि मानिस तनावमा परिरहेको जनाइएको छ ।  दिल्लीको मुनक नहर र वजीराबाद पन्ड दुवै स्रोतमा पानीको कमी भएका कारण वाटर ट्रिटमेन्ट प्लान्टमा पिउने पानीको उत्पादन कम भइरहेको छ । 

दिल्लीमा एक हप्ताबाट पिउने पानीको उत्पादन लगातार कम भइरहेको जनाइएको छ । प्रभावित क्षेत्रमा पानीको आपूर्तिका लागि दिल्ली जल बोर्डले पानीका कैयौं ट्यांकर तयारी अवस्थामा राखेको छ । तर, आवश्यकता पूरा हुन सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय बासिन्दा आफ्नो नियमित आवश्यकता पूतिका लागि बिहानैदेखि पानी भर्न बाल्टी, क्यान र बोतल लिएर बस्ने गरेका छन् । उनीहरू दिल्ली जल बोर्डको ट्यांकरका लागि त्यसरी बस्ने गरेका हुन् । 

दिल्लीमा प्रतिदिन करिब १३ सय मिलियन ग्यालिन पानी आवशयक पर्छ । जसमा दिल्ली जल बोर्डले एक हजार मिलियन ग्यालिन पानी मात्र उत्पादन गरिरहेको छ । 

Global Ime bank

दिल्लीबासी गर्मी र जल संकटको दोहोरो मारमा परेका छन् । सुप्रिम कोर्टले हिमान्चल प्रदेश सरकारको राष्ट्रिय राजधानीको लागि १३७ क्युसेक अतिरिक्त पानी थप गर्न आदेश दिएको छ । हरियाणालाई यसको प्रवाह सुविधाजनक बनाउन आग्रह गरेको छ । 

दिल्लीका जलमन्त्री आतिशीले शुक्रबार दिल्लीमा पानीको उत्पादन लगातार कम भएको र यसो हुनुमा यमुना नदीमा कम पानी रहेको जनाएकी थिइन् । 

तत्थ्यांक सार्वजनिक गर्दै मन्त्री आतिशीले जुन ६ मा एक हजार दुई मिलियन ग्यालिन प्रतिदिन (एमजीडी) उत्पादन रहेकोमा घटेर ९९३ मिलियन ग्यालिन प्रतिदिन पुगेको छ । जुन ९ मा ९९० मिलियन ग्यालिन प्रतिदिन भएको थियो । उनले १००५ एमजीडी पानीको उत्पादन दिल्लीका लागि चाहिएकोमा १४ जुनमा केबल ९३२ एमजीडी पानीको उत्पादन भएको थियो । 

अर्थात् ७० एमजीडी पानी कम भएको थियो । अभाव सम्बोधन गर्न ट्यांकरबाट पानी वितरण गरिएको उनले जनाएकी छन् । 

(बीबीसी र एनडीटिभी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement