site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
१० मिलियन डलर टाउकोको मूल्य तोकिएका ‘खलिफा साब’ यूएई भ्रमणमा
Siddhartha BankSiddhartha Bank

दुबई । अफगानिस्तानको तालिवानका महत्त्वपूर्ण नेता सिराजुद्धिन हक्कानीलाई अमेरिकाले ‘अन्तर्राष्ट्रिय आतंकवादी’ घोषित गरेको धेरै भइसकेको छ । साथै, उनको बारेमा कुनै पनि जानकारी दिनेलाई १० मिलियन डलरको इनाम समेत तोकिएको छ । यद्यपि, हालै हक्कानीले अबुधानीमा संयुक्त अरब इमिरेट्स (यूएई)का नेता बिन जैदसँग भेटघाट गरेका छन् ।

यसबाहेक साउदी अरेबियामा हजको सन्दर्भमा पनि उनको भिडियो सार्वजनिक भएको छ । अफगानिस्तानमा तालिवान सरकारका गृहमन्त्री हक्कानी अघिल्लो हप्ता यूएई पुगेका थिए । सार्वजनिक रूपमा २०२१ मा तालिवानले अफगानिस्तानको सत्ता सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमण मानिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अबुधाबीको बीच प्यालेसमा हक्कानीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जैद अल नह्यानसँग आफ्नो शिष्ट मण्डलका साथ भेटघाट गरेका थिए । अफगान शिष्टमण्डलमा जनरल इन्टेलिजेन्सका प्रमुख अब्दुल हक बसिक पनि सामेल थिए । यूएईको न्युज एजेन्सी डब्ल्यूएएमका अनुसार यूएईका राष्ट्रपतिले अफगान गृहमन्त्री हक्कानीको नेतृत्वमा अफगान शिष्टमण्डलका साथ दुई देशबीच राम्रो सम्बन्ध र सहयोगलाई बढावा दिने र साझा हितबारेमा कुराकानी भएको थियो ।  

‘खलिफा साब’ समेत भनिने हक्कानी मुजाहिद्धिन वा हक्कानी नेटवर्कका संस्थापक मौलवी जलालुद्धिन हक्कानीका पुत्र तथा वारेस हुन् । अमेरिकामा सेप्टेम्बर ११ को हमलाको केही समयपछि बिमारी तथा बढी उमेरका कारण जलालुद्धिनले सिराजुद्धिनलाई आफ्नो वारेस बनाएका थिए । सोही समयदेखि उनी हक्कानी नेटवर्कका प्रमुख हुन् । आफ्नो पिताको वारेस भएका कारण उनलाई खलिफा साब भनिने गरेको हो ।

Global Ime bank

तालिवान आन्दोलनको सुरुआत ९० को दशकको सुरुमा दक्षिणी अफगानिस्तानको कन्धाहार प्रान्तबाट भएको थियो । सोही समयदेखि उनको नेतृत्वमा कान्धहारी तालिवानको निकै प्रभाव रहेको थियो । तर, सेप्टेम्बर ११ को घटनापछि अमेरिका र उसका सहयोगी राष्ट्रले अफगान लडाइँमा हात अघि बढाउँदै गएपछि हक्कानी पनि प्रभावशाली हुँदै गएका थिए ।

यसको कारण अफगानिस्तानको दक्षिणपूर्वी इलाकाको लोए पंतियाका सम्बन्ध रहेको हक्कानी परिवार र त्यो सँग जोडिएका लडाकु यो लडाइमा महत्त्वपूर्ण भूमिकामा थिए । पक्तिया क्षेत्रमा रहेका पाकिस्तानको कबायली इलाका, खासगरी तत्कालीन बजीरिस्तान र कुर्रम एजेन्सीमा हक्कानीका कैयौँ केन्द्र थिए । यी केन्द्रमा उनलाई पाकिस्तानी तालिवान र अलकायदा समेतबाट अफगानिस्तानभित्रको लडाइँमा समर्थन मिलेको थियो ।

अमेरिकालाई थाहा छ
बीबीसी अरबीसँगको कुराकानीमा अमेरिकी विदेश मन्त्रालयका क्षेत्रीय प्रवक्ता स्यामुअल वारवर्गले त्यस क्षेत्रका देशसँग तालिवानको सम्बन्धका बारेमा अमेरिकालाई पूरै जानकारी भएको बताएका छन् । 

उनले यूएईले अफगान जनताको समर्थनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको र यूएईका तर्फबाट अफगानिस्तानमा महिला र छोरीको अधिकारको समर्थन पनि भइरहेको  जनाएका छन् । अफगान तालिवानलाई ठीक गर्नका लागि अमेरिकी प्रशासन आफ्नो सबै साझेदारका साथ औपचारिक सम्पर्कमा रहेको समेत जनाएका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement