site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जावलाखेलमा बेहोस भेटिएका श्रीमान्–श्रीमतीको मृत्यु, नजिकै भेटियो झोलिलो पदार्थको बोतल  

काठमाडौं । जावलाखेलमा बेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ । उनहरूको हिजो राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । 

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई हाल ललितपुरको जावलाखेल बस्दै आएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षकै रेणु सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“बेहोस अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएको थियो । त्यहीँ उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन्,” एसपी सुवेदीले बाह्रखरीसँग भने, “अहिले पोस्टमार्टमका लागि शव शिक्षण अस्पतालमा राखिएको छ ।” 

उमेश र रेणु बेहोस रहेको अवस्थामा कोठामा पुग्दा उनीहरू नजिकै झोलिलो पदार्थ रहेको बोतल भेटिएको एसपी सुवेदीले जानकारी दिए ।

Global Ime bank

“मृत्यु शंकास्पद देखिँदैन । तर नजिकै झोलिलो पदार्थ भएको बोतल भेटिएको छ,” उनले भने, “त्यो केको बोतल हो पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुनेछ ।” 

उमेश र रेणुले विवाह गरेको ११ वर्ष भएको बताइएको छ । उनीहरूबारे थप जानकारी आउन बाँकी छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय