site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षा ऐन कहिले आउँछ ?, मन्त्रीको जवाफ– मेरो हातमा छैन 

काठमाडौं । विद्यालय शिक्षालाई नियमन गर्न नयाँ शिक्षा ऐन बन्ने क्रममा छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल भइरहेको छ ।

समग्र विद्यालय शिक्षा र यसमा आबद्ध शिक्षक–कर्मचारीमात्र होइन, शिक्षा क्षेत्रमा सरोकार राख्ने सबै ऐनको तीव्र पर्खाइमा छन् । तर, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ ऐन कहिले आउँछ भन्ने विषय आफ्नो हातमा नरहेको बताएकी छन् ।

मंगलबार मन्त्रालयमा आफ्नो १०० दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्ने क्रममा मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरूसँग भनिन्, “सबैले सोध्नुहुन्छ, विद्यालय शिक्षा ऐन कहिले आउँछ ? वास्तवमा यो मेरो हातमा छैन ।”

अहिले विधेयक समितिमा दफावार छलफलको क्रममा रहेको र प्रदेशस्तरमा समेत छलफलमा लैजानुपर्ने भएकाले तत्काल जारी नहुने उनको आशय थियो ।

“संसदीय समितिमा छलफल भएर उहाँहरू कहिले प्रदेशस्तरमा जानुहुन्छ, त्यसमा निर्भर गर्छ, जिम्मेवार बढी हुँदाहुँदै मैले हस्तक्षेप गर्न मिल्दैन,” मन्त्री श्रेष्ठले प्रस्ट पारिन् ।

१६३ वटा दफा रहेको विधेयकमा एकहजार ७०० बढी संशोधन प्रस्ताव परेको समितिले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro