खेल
![पावर प्लेमा नेपालले बनायो ३२ रन](https://12khari.top/uploads/posts/446081604_483638730709695_3718097545591111522_n-1718415988.png)
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ पावर प्लेमा नेपालले राम्रो सुरुआत गरेको छ ।
शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६ ओभरको खेल समाप्त हुँदा विकेट नगुमाई ३२ रन बनाएको छ ।
हाल क्रिजमा नेपालका आसिफ सेख १४ र कुशल भुर्तेल १२ रनमा खेलिरहेका छन् ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०७:३१
प्रतिक्रिया दिनुहोस्