site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भौतिकमन्त्री महासेठप्रति सांसदको आक्रोश : मन्त्री एउटा मात्र जिल्लाको हुँदैन 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । संघीय संसद्‌मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा तीव्र विरोध भएको छ । बजेटको ठूलो अंश आफ्नै निर्वाचन क्षेत्र र जिल्ला केन्द्रित गरेपछि नेकपा एमालेकै सांसदले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई मन्त्री एउटा मात्र निर्वाचन क्षेत्रको हुँदैन भनेर सम्झाएका छन् । एमालेका उपमहासचिव समेत रहेका महासेठलाई उनकै पार्टीका सांसद रघुजी पन्तले सम्झाएका हुन् । 

“म भौतिक योजना मन्त्रालयबारे धेरै टिप्पणी गर्न चाहान्नँ, सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले धेरै कुरा भनि नै सक्नुभएको छ,” पन्तले भने, “म एउटै मात्र कुरा भन्न चाहन्छु, मन्त्री एउटा निर्वाचन क्षेत्र र जिल्लाको मात्रै हुँदैन, ऊ सिंगो देशको हुन्छ ।” उनले सांसद निर्वाचन क्षेत्रबाट निर्वाचित हुने भए पनि निर्वाचित भइसकेपछि ऊ सिंगो देशको हुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले त रोष्ट्रममै बजेट पुस्तिका च्यातेर विरोध गरे । उनले भौतिक पूर्वाधार मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्र केन्द्रित बजेट कसैको घरको सम्पत्ति नभएको बताए । बजेट पुस्तिका आएकै दिनदेखि आक्रोशित भएको बताएका उनले मन्त्रीको मुखमै फ्यांक्न मन भए पनि मर्यादाले नदिने भन्दै बजेट पुस्तिका च्याते । 

“जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्‍यो, त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर हुत्याउने मन छ,  तर यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर जहाँ हुत्याउनुपर्ने त्यहाँचाहिँ मैले नहुर्‍याएर यहाँ राख्छु,” लिङ्देनले भने, “यो मेरो मात्रै मनको कुरा होइन । यो हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चारवटा निर्वाचन क्षेत्रबाहेकका सबै प्रतिनिधिसभा सदस्यहरूको मनको कुरा हो यो ।” उनले बजेट विनियोजन गर्दा चार क्षेत्रमा मात्र राखेर मनपरी गरिएको भन्दै आपत्ति पनि जनाए । 

Global Ime bank

“यसरी सामान्य लाज घिन पनि नराखेर राज्यको स्रोतमाथि यस प्रकारको मनपरी कति दिनसम्म माननीय सदस्यहरूले सहेर बस्ने हो ? सामान्य लाज पनि नराख्ने ?” उनले प्रश्न गरे, “यो पढिने, देखिने चिज हो भन्ने कुरा पनि ख्याल नराख्ने ? बजेट सबै ठाउँमा पुग्दैन भने प्राथमिकता निर्धारण गर्नुपर्दैन ? मापदण्डका आधारमा बजेट जाने व्यवस्था गर्नुपर्दैन ?”

लिङ्देनपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद हृदयराम थानीले बजेटको पुस्तिका च्यातिने अवस्थाले बजेटको शोभा नबढाएको बताए । यस्तो अवस्थाको जिम्मेवार को हो भन्दै उनले प्रश्न गरे । “आज प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूले सम्हालको महत्त्वपूर्ण मन्त्रालयको बजेट शीर्षकमा छलफल हुँदै छ । भर्खरै रोष्ट्रममै बजेट पुस्तिका च्यातिएको छ,” थानीले प्रश्न गरे, “म माननीय उपप्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु, भर्खरै रोष्ट्रममा देखिएको दृष्यका लागि को जिम्मेवार हुनुहुन्छ ? यो अवस्था कसका कारण आएको हो उपप्राधनमन्त्रीज्यू ?” 

उनले सिंगो कर्णालीका लागि छुट्याएको सडकको बजेटभन्दा भौतिक पूर्वाधार मन्त्रीको जिल्लाको बजेट बढी देखिएको भन्दै मन्त्री भएपछि लाज हुन छोड्ने हो भन्दै प्रश्न गरे । 
 
“गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ?” थानीले प्रश्न गरे, “सिंगो कर्णलीभन्दा एउटा अमुक जिल्लाको बजेट बढी हुने । मन्त्री भनेको एउटा निर्वाचन क्षेत्रको मात्र हो ?” 

उनले कर्णालीलाई उपेक्षा गरेको बजेट कायम राखे सांसदहरूले नै संसद् घेराउ गर्नुपर्ने बताए । “यही तरिकाले सरकारले गर्‍यो भने कर्णालीका प्रदेशका सांसदहरूले संसद् घेराउ गर्नुपर्नेछ । मन्त्रालय घेराउ गर्नुपर्नेछ,” थानीले भने, “यदी, सचेत भएर यी बाटोहरूमा बजेट छुट्ट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुरा म सरकारलाई भन्न चाहन्छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement