site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध १०४ रनको सहज जित निकाल्दै वेस्ट इन्डिज समूह विजेताका रूपमा सुपर–८ मा प्रवेश गरेको छ ।

मंगलबार बिहान भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १६.२ ओभरमा सबै विकेट गुमाएर ११४ रनमा समेटियो ।

Dabur Nepal
NIC Asia

अफगानिस्तानका इब्राहिम जद्रानले सर्वाधिक ३८ रन बनाए । अज्मतुल्लाह ओमरजाईले २३, कप्तान राशिद खाने १८ र करिम जन्नतले १४ रन थपे । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा समेट्न वेस्ट इन्डिजका ओबेड म्याकोयले तीन विकेट लिए । अकेइल हुसैन र गुडाकेस मोतीले समान दुई विकेट र आन्द्रे रसेल र अल्जारी जोसेफले समान एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको थियो । वेस्ट इन्डिजका निकोलस पुरनले ५३ बलमा सर्वाधिक ९८ रन बनाए । शतक बनाउन दुई रनले चुकेका पुरनले ६ चौका र आठ छक्का प्रहार गरे ।

जोन्सन चार्ल्सले ४३ रन थपे । कप्तान रोभमन पावेलले २६ र साई होपले २५ रन जोडे ।

अफगानिस्तानका गुलबद्दिन नैबले दुई विकेट लिए । अज्मतुल्लाह ओमरजाई र नविन उल–हकले समान एक विकेट लिए ।

जितसँगै वेस्ट इन्डिज समूह चरणमा अपराजित रह्यो । चार खेलबाट आठ अंक जोडेको वेस्ट इन्डिज समूह ‘सी’को शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुगेको हो । अफगानिस्तान पनि सुपर८ मा छनोट भइसकेको छ । समूहको दोस्रो स्थानमा रहेको अफगानिस्तानले चार खेलबाट ६ अंक जोड्यो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro