काठमाडौं । पप गायक ओमविक्रम विष्टले ‘नेसनल म्युजिक अवार्ड्स–२०८०’मा दीर्घ साधना सम्मान प्राप्त गरेका छन् । रेडियो कान्तिपुरले आयोजना गर्दै आएको उक्त अर्वाड कार्यक्रममा विष्टलाई दीर्घ साधना सम्मान प्रदान गरिएको हो ।
उत्कृष्ट ‘नवगायक/नवगायिका’को अवार्ड प्रभा अधिकारीले प्राप्त गरिन् । उत्कृष्ट रचनाकारतर्फ प्रदीप मैनालीले ‘के लत बस्यो’बाट अवार्ड जिते ।
उत्कृष्ट म्युजिक निर्देशनतर्फको अवार्ड महेश खड्काले जितेका छन् ।
उत्कृष्ट लोकदाहेरी गायिकाको अवार्ड शान्तिश्री परियारले जितिन् भने उत्कृष्ट लोक गायकको विधामा प्रकाश सपूतले अवार्ड प्राप्त गरे ।
उत्कृष्ट पार्श्व गायिकाको अवार्ड बेनिशा पौडेलले हात पारिन् । उत्कृष्ट पार्श्व गायकतर्फ एसडी योगीले अवार्ड पाएका छन् ।
उत्कृष्ट आधुनिक गायिकाको अवार्ड संगीता रानाले जितिन् । उत्कृष्ट आधुनिक गायकको अवार्ड तिलकसिंह पेलाले जिते ।
उत्कृष्ट ब्यान्डको विधातर्फको अवार्ड ‘अपरिभाषित’बाट ‘स्वर’ले पायो ।
उत्कृष्ट पप गायिका सुवानी मोक्तान भइन् भने सुशान्त केसीले उत्कृष्ट पप गायकको अवार्ड जिते ।
‘पिपल्स च्वाइस’ अवार्ड स्वप्न सुमन र समीर श्रेष्ठले जिते ।
अवार्ड कार्यक्रममा भारतीय सांगीतिक रियालिटी शो इन्डियन आइडल १२ औं सिजनका विजेता पवनदीप राजन पनि सहभागी भएका थिए । पवन र उनको समूहले पनि गीत गाएका थिए ।