site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘देवी’मा के कथा छ ?
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘देवी’ तिजको छेको पारेर रिलिज हुने भएको छ । चलचित्र भदौ २१ गते रिलिज हुने भएको हो । 

शिल्पा मास्केको मुख्य भूमिका रहेको चलचित्रले यौनहिंसाविरुद्धको कथावस्तु समेट्नेछ । सिनेमाको पोस्टरमा शिल्पा मास्केलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ ।

KFC Island Ad
NIC Asia

सञ्जोग राईले निर्देशन गरेको चलचित्र क्राइम थ्रिलर जानरामा छ । निर्देशक राईले महिलामाथि हुने यौनहिंसाविरुद्धको कथामा सिनेमा बनाएको बताएका छन् । 

व्यावसायिकभन्दा पनि इमान्दार भएर कथा भन्ने प्रयास गरेको उनको भनाइ छ । एक अपरिचित पात्रले धमाधम बलात्कारीको हत्या गरेपछि यो हत्या सही वा गलत भन्ने प्रश्न चलचित्रले उठान गर्ने प्रयास गरेको निर्देशक राईले बताएका छन् ।

Royal Enfield Island Ad

बलात्कारविरुद्धको नेपालको कानुन थप कठोर हुनुपर्छ भन्ने आवाज सिनेमाले उठान गरेको छ । 

चलचित्रमा शिल्पाले पत्रकार, गौरव पहारीले अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर हुसेनले एक संस्था सञ्चालकको भूमिका निर्वाह गरेका बताइएको छ । चलचित्रमा अभिनेता टीका पहारीले पनि अभिनय देख्न सकिनेछ । 

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।

चलचित्रको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । रामबाबु गुरुङको बाँसुरी फिल्म्सले चलचित्रलाई प्रदर्शनमा सघाउने भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro