कला
काठमाडौं । मानव सेवा आश्रम गोरखा शाखाको सहयोगका लागि कतारमा सांगीतिक कार्यक्रम हुने भएको छ । गोरखा सेवा समाज कतारको आयोजनामा सांस्कृतिक इद धमाका आयोजना हुन लागेको हो ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इद–अल–अदाको अवसर पारेर ‘मानव सेवा आश्रम, गोरखा शाखाको भवन निर्माण सहयोगार्थ’ उक्त कार्यक्रम आयोजना गर्न लागिएको गोरखा सेवा समाजले जनाएको छ ।
समाजका अध्यक्ष ओम गुरुङका अनुसार उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट गायक खेम सेन्चुरी, समीक्षा अधिकारी, उर्गेन दोंग र निर्जला गुरुङ कतार जानेछन् ।
कार्यक्रम यही सोमबार अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १४:५५
प्रतिक्रिया दिनुहोस्