site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बाटोः रोड टु डेथ’ हलमा, के छ यो चलचित्रमा ?
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बाटोः रोड टु डेथ’ आजबाट प्रदर्शनमा आएको छ । 

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन् । 

KFC Island Ad
NIC Asia

नेपाली चलचित्रको गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास आफूले गरेको निर्देशक थापाले बताएका छन् ।  

चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ । 

Royal Enfield Island Ad

चलचित्रमा के छ ? 
निर्देशक थापाका अनुसार यो चलचित्र एक दिनको यात्रामा घट्ने घटनाको कथा हो । एक दिनको यात्रामा पात्रले आफ्नो उद्देश्य पूरा गर्न के–के गर्छ, त्यसकै सेरोफेरोमा चलचित्रको कथा घुम्ने निर्देशक थापा बताउँछन् । 

“यो चलचित्र एक दिनको सफरको कथा हो । काठमाडौंबाट धरानसम्मको यात्राका क्रममा घट्ने घटनालाई मैले चलचित्रमा समेटेको छु,” निर्देशक थापा बाह्रखरीसँग भन्छन्, “यात्रामा रहेका पात्रको लक्ष्य के छ । र, त्यो लक्ष्य प्राप्त गर्न के–के सम्म गर्छन् भन्ने चलचित्रको कथा हो ।” 

एक्सन, थ्रिल, सस्पेन्सलगायत सबै पक्ष चलचित्रमा समेटिएको उनको भनाइ छ । नेपाली दर्शकलाई थ्रिलर मुभी हेर्नुपरे साउथ इन्डियन सिनेमा हेर्ने गरेको भन्दै नेपाली चलचित्रमै त्यो ‘टेस्ट’ आफूले दिने प्रयास गरेको उनले जानकारी दिए । 

चलचित्रको अधिकांश छायांकन काठमाडौं र गाइघाटमा भएको छ । चार करोड लगानी रहेको चलचित्र ओटीटीका लागि पनि लक्षित गरेर बनाएको निर्देशक थापा बताउँछन् । नेट्फ्ल्क्सिका लागि आफूले प्रयास गरिरहेको उनले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro