काठमाडौं । सिनेकर्मीले नेपाल चलचित्र आयोग गठन गर्न माग गरेका छन् । शनिबार काठमाडौंमा चलचित्र सभाको आयोजना गर्दै उनीहरूले उक्त आयोग गठनको माग गरेका हुन् ।
यसका निम्ति सरकारका सबै निकायलाई दबाब दिने निर्णय पनि गरिएको छ । निर्देशक दीपेन्द्र गौचनको संयोजकत्वमा कार्यदल गठन गरेर दबाब प्रक्रिया अगाडि बढाउने सभाबाट निर्णय गरिएको हो ।
चलचित्र क्षेत्रको समस्या र समाधानसहितको निष्कर्षलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डलगायत निकायमा बुझाउने निर्णय गरिएको छ ।
चलचित्रमा लाग्ने कर छुट गर्नुपर्ने, सिंगल थिएटरलाई अनुदान दिनुपर्ने, विद्यालयदेखि नै पाठ्यक्रममा सिनेमासम्बन्धी विषयवस्तु समावेश गर्न सभाबाट माग गरिएको छ ।
चलचिकर्मीको सुरक्षासम्बन्धी कानुन, स्थानीय सरकारसँगको सहकार्यमा मिनिहल बनाएर सिनेमा हेर्ने कल्चर विकास गर्नुपर्नेलगायत माग गरिएको छ ।