काठमाडौं । चलचित्र ‘लन्डन टु पेरिस’ आजबाट प्रदर्शनमा आएको छ । यो चलचित्र बिहीबार साँझ काठमाडौंमा प्रिमियर गरिएको हो । प्रिमियरपछि चलचित्रकर्मीहरूले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।
निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली सिनेमा बनाउन सकिन्छ भन्ने उदाहरण ‘लन्डन टु पेरिस’ले दिएको बताए । “मलाई सिनेमा राम्रो लाग्यो । विदेशी भूमिमा बनाइएका धेरै नेपाली सिनेमा चल्न सकेका छैनन् । तर यो सिनेमाले राम्रो चल्ने सम्भावना देखाएको छ,” उनले भने ।
सिनेमाका लेखक प्रदीप भारद्वाज, निर्देशक घनश्याम लामिछाने, अभिनेता निश्चल खड्का, कवीर खड्का, साम्राज्ञी आरएल शाह, गरिमा शर्माले सिनेमा हेर्ने चलचित्रकर्मीहरूबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् ।
तस्बिर सौजन्य : चलचित्र लन्डन टु पेरिस निर्माण टिम ।